logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ईभी एमजी–४ नेपालमा सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, चैत्र २ २०८०

काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्सले बिजुली कार एमजी–४ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार कारको मोटर पावर घटे पनि ब्याट्रीको क्षमता बढाएर सार्वजनिक गरिएको हो ।



कारमा ६४ किलोवाट ब्याट्री र यसको मोटर पावर ९९ किलोवाट रहेको कम्पनीले जनाएको छ । फुल अप्सनमा सार्वजनिक गाडीको लक्जरी मोडलको मूल्य ४९ लाख ९९ हजार छ ।

४४० किलोमिटर रेञ्जमा सार्वजनिक गाडीको अधिकतम टर्क २५० एनएम छ । गाडीले १५० किलोवाटसम्मको फास्ट डिसी चार्जर सपोर्ट गर्छ । रियर ह्विल ड्राइभ रहेमो एमजी–४ को टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ । गाडीमा इन्डिपेन्डेन्स सस्पेन्सर हुँदा अफरोड बाटोमा कुदाउन सहज हुन्छ। कम्पनीले कम्फर्ट सेगमेन्टमा ४१ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ । एमजी–४ ह्याचव्याग स्पोर्टी गाडी हो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend