logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

चेल्सी एफए कपको सेमिफाइनलमा


  • जन आकाश
  • सोमबार, चैत्र ५ २०८०

काठमाडौं । एफए कप फुटबलमा चेल्सीले सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हो ।



चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई ४–२ गोलले पराजित गरेको हो । खेलको १३ औँ मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै घरेलु टोली चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २६औँ मिनेटमा चेल्सी पेनाल्टीको पायो तर, उक्त पेनाल्टीमा रहिम स्टर्लिङले गोल गर्न असफल भएपछि चेल्सीले अग्रता दोब्बर मनाउने मौका गुमाएको थियो ।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमै कोल पाल्मरले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । तर, खेलको ५१औँ मिनेटमा पाहुना टोली लेस्टर सिटीले उपहार गोलमा खेल २–१ को अवस्थामा ल्याउन सफल भयो। चेल्सीका एक्सेल डिसासी आफ्नै पोस्टमा गोल गरेपछि खेलमा २–१ को रोमाञ्चक अवस्थामा पुगेको थियो ।

६२ औँ मिनेटमा स्टेफी माविडिडीले गोल गरेपछि पाहुना टोली २–२ को बराबरीसँगै खेलमा फर्कियो । ७३ औँ मिनेटमा पाहुना टोली लेस्टर सिटी १० खेलाडीमा सीमित बन्यो । लेस्टरका कलोमले रातो कार्ड पाएर मैदान छाडेका थिए ।

१० खेलाडीमा समेटिएको लेस्टर सिटीमाथि चेल्सीले फाइदा उठाउँदै खेलमा ४–२ को रोमाञ्चक जित निकाल्यो । चेल्सीका लागि अतिरिक्त समयको दोस्रो मिनेटमा केमीले गोल गरेपछि खेलमा ३–२ को अग्रता बनायो । अतिरिक्त समयकै आठौँ मिनेटमा नोनी मडुके गोल गरेपछि चेल्सीले ४–२ को जित निकाल्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend