logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावाद युनाइटेलाई


  • जन आकाश
  • मंगलबार, चैत्र ६ २०८०

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । अन्तिम बलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामावाद युनाइटेडले उपाधि जितेको हो । इस्लामाबाद युनाइटेडको यो तेस्रो पीएसएल उपाधि हो ।



इस्लामाबादले २०१६ मा प्रतियोगिताको पहिलो उपाधि नै जितेको थियो । त्यसपछि सन् २०१८ मा पनि च्याम्पियन बनेको थियो । इस्लामाबाद तीनवटा पीएसएल ट्रफी जित्ने एक मात्र टोली हो । लाहोर कलन्दर्सले दुई पटक पीएसएलको उपाधि जितेको छ । टोली २०२२ र २०२३ मा च्याम्पियन बनेको थियो । मुल्तान सुल्तान टोलीले २०२१ मा उपाधि जितेको थियो ।

सोमबार राति भएको खेलमा मोहमद रिजवानको टोली मुल्तान सुल्तानले पहिला ब्याटिङ गर्दै १५९ रन बनाए पनि उपाधि जित्न सफल भएन् । रिजवानले टस जितेर ब्याटिङ रोजेका थिए । पहिले ब्याटिङ गरेको मुल्तानले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा इस्लामाबादको टोलीले अन्तिम बलमा १६३ रन बनाएर २ विकेटले खेल जित्यो । इस्लामावादका नायक हुनैन शाहले चौका प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाएका हुन् ।

पहिले ब्याटिङ गरेको इफ्तिखार अहमद र उस्मान खानले मुल्तानलाई १ सय ५९ रनको संघर्षपूर्ण स्कोरमा पुर्याएका थिए । टोलीको १४ रनमा दुई ब्याट्सम्यान आउट भएका थिए । यसपछि उस्मान खानले ४० बलमा ५७ रनको समझदार इनिङ खेल्दै टोलीलाई केही हदसम्म सम्हालेका थिए । उनको इनिङ्समा ७ चौका र १ छक्का समावेश थियो । तर, अर्कोतर्फबाट विकेटको श्रृङ्खला लगातार झरेको थियो ।

अन्त्यमा इफ्तिखार अहमदले २० बलमा नटआउट ३२ रनको आक्रामक पारि खेले । उनको इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । इस्लामावादका इमाद वासिमले सर्वाधिक ५ विकेट लिँदा सदाव खानले ३ विकेट हात पारे ।  १६० रनको लक्ष्यसहित मैदान उत्रिएको इस्लामावादले खेल अन्तिम ओभरसम्म लगेको थियो ।

इस्लामाबादको जितमा मार्टिन गप्टिल चम्किए जसले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले । लक्ष्य पछ्याउने क्रममा मार्टिन गप्टिलले उत्कृष्ट ५० रन बनाए । ३२ बलको सामना गर्दै उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनी बाहेक विकेटकिपर ब्याट्सम्यान आजम खानले २२ बलमा ३० रनको इनिङ खेले । उता इमाद वासिमले १९ रन बनाएर अविजित रहे भने हुनैन शाहले विजयी चौका प्रहार गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend