logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

भटभटे माइला र पुतलीको जोडी किन अलग भयो ?


  • जन आकाश
  • मंगलबार, चैत्र ६ २०८०

काठमाडौं । टेलिभिजन श्रृंखला ‘गाह्रो छ हो’को लोकप्रिय जोडी भटभटे माइला र पुतलीको जोडी दर्शकमाझ चर्चित छ । भटभटेको भूमिकामा बेगम नेपाली र पुतलीको भूमिकामा रियाशा दाहालले अभिनय गर्दै आएका थिए ।



तर केही एपिसोडदेखि दर्शकले रियाशालाई सिरियलमा देखिरहेका छैनन् । उनलाई नदेख्दा दर्शकले सिरियल छाडेको अनुमान पनि लगाइरहेका छन् । यति मात्र होइन, सिरियलबाट उनको नाम समेत हटाइएको छ । गत वर्ष रियाशाको विवाह भइसकेको छ । विवाहपछि उनी परिवारसहित देशविदेश घुमघाममा व्यस्त छिन् ।

रियाशा नभएपछि सिरियलले अन्य कलाकारलाई लिएर श्रृंखला खिचिरहेको छ । तर उनको नाम हटाइँदा पुतलीको भूमिकामा नयाँ कलाकार आउन लागेको हो कि भन्ने अनुमान दर्शकले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend