logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

“पुजार सार्की” को ४८ दिनमा छायाङ्कन सकियो


  • जन आकाश
  • बुधबार, चैत्र ७ २०८०

काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’को छायाङ्कन सकिएको छ । ४८ औँ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । मंगलबार फिल्ममा रहने ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीत छायांकनसँगे फिल्मको छायाङ्कन सकिएको निर्देशक राउतले बताए ।



गीतमा फिल्मका कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य गरेका छन् । फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बुका अलवा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend