logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

विश्वकप छनोटमा बहराइनको फराकिलो जित


  • जन आकाश
  • शुक्रबार, चैत्र ९ २०८०

काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । गएराति बहराइनको बहराइन राष्ट्रिय रङ्गशालामा सम्पन्न खेलमा नेपालले लज्जास्पद हार बेहोरेको हो ।



बहराइनको टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे । यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ ।

नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने छ । विश्व फुटबल महासङ्घ ९फिफा० को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend