logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“महाजात्रा” फिल्मले दुई दिनमा कति कमायो ?


  • जन आकाश
  • आइतबार, चैत्र ११ २०८०

काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले रिलिजको २ दिन राम्रो कलेक्सन गर्न सफल भएको छ । फिल्मले पहिलो दिन (शुक्रबार) १ करोड २३ लाखको ग्रस कलेक्सन गरेको र दोस्रो दिन (शनिबार)  फिल्मले १ करोड ८३ लाखको ग्रस कलेक्सन गरेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिए ।



शनिबार फिल्मको देशभरका हलमा दर्शकको उच्च चाप थियो । आइतबार  होलीको बिदा भएकाले पनि फिल्मले राम्रो गर्ने अपेक्षा गरिएको छ । तर होलीका कारण अधिकांश हलमा २ बजेपछि मात्र शो राखिएको छन् । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल,  लागायत कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend