logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायिका एलिना चौहान विवाह गर्दै


  • जन आकाश
  • मंगलबार, चैत्र १३ २०८०

काठमाडौँ । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् । विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् ।



करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो । दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend