जन आकाश
नेपालमा यतिवेला मानिसहरु भ्रष्टचार भ्रष्टचार भनेर कराउने गरेकाछन् । तथ्य होस वा नहोस् । सरकारी कार्यलयमा काम गर्ने कर्मचारीलाई धेरै जति सर्वसाधरणले देख्ने र सोच्ने गरेको मानसिकता नै भ्रष्टचारी होला भन्ने खालको मनस्थिति बनाएका हुन्छन् । कतिपयलाई त भ्रष्टचार भनेको के हो भन्ने ज्ञान नभईकन पनि बोलेका हुन्छन् । नेपालको समाज हल्ला नै हल्लाको देश भनेर चिनिएकै थियो । अहिले छाडा प्रवृति भएका जनता पनि भनेर चिनिने देशको रुपमा चिनिन लागेको जस्तो हुन थालिसकेको छ ।
यो समस्या अरु कसैले निम्त्याएको होइन । राजनीतिक पार्टीरुले यो खालको सस्कार भित्र्याएका हुन् भन्ने सहजै देखिन्छ । जव नेपालमा वहुदलीय व्यवस्थाका लागि आन्दोलनहरु हुन थाले त्यसमा सवैभन्दा भीडमा लगाईने नारा उत्तेजित हुन्थे जसको नेतृत्व त्यतिवेलाको काग्रेस, एमालेले गरेका हुन्थे । उनिहरुले नेपालको पैशा स्वीस बैकमा राजा रानीले लगेर राखेकाछन भनेर आरोप लागउने र्गथे । अनि पञ्चायतले जनता लुट्यो भनेर आरोप लगाउने र्गथे । जनतालाई हो हो त्यही राजनीतिक पार्टीले लगाएको आरोप ठिक होला भनेर पत्याउने र्गथे । यस्तै मनोबृति विकास हुदै गयो देशमा प्रजातन्त्र पनि स्थापना भयो बहुदलिय व्यवस्था पनि आयो तर राजनीतिक दलले लगाएको राजारानीले स्वीस बैकमा लगेर राखेको भनिएको रकम कति थियो । त्यो राजनीतिक दलले पुष्टि गर्न सकेनन् । त्यतिवेला राजा सहितको प्रजातन्त्र भएर पनि होला राजाको डरले ल्याएनन् होला तर २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंशनै नास हुनेगरी दरवार हत्याकाण्ड र त्यसपछि २०६२÷६३ पछिको आन्दोलनले स्थापना भएको गणतन्त्रले किन स्वीस बैकमा भएको रकम नेपाल ल्याउन सकेन । कि जनतालाई भ्रममा मात्र राजनीतिक दलले पारेको हुन् ।
यतिका बर्षसम्म त्यस विषयमा काम नगरेको हुनाले हचुवाको भरमा सत्ता प्राप्त गर्न जनतालाई उचाल्न मात्र यस्ता नाराहरु त्यतिवेलाको नेपाली काँग्रेस, एमालेले लगाएको होला भन्ने देखिन्छ । नभए त एमाले काँग्रेसले भ्रष्टाचार अनियमियतताको ठुला ठुला स्वर भाषण गरेको पार्टीले साशन सत्ता संञ्चालन गरको लामो कालखण्डमा भ्रष्टचार हुनु नपर्ने तर उल्टै उनिहरुकै पार्टीका नेता कार्यकर्ता उनिहरुले नेतृत्व गरेका निकायहरुका कर्मचारीहरु अनियमियततामा फसेका छन् । त्यो भन्दा हजारौ गुणा हल्ला चै बढी छ । भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्छ । तर भ्रष्टचार गर्न उत्साहित कुन कुराले प्रेरित गरेको छ । त्यसको अनुसन्धान पनि हुनुपर्छ । घटना घटिसकेपछि घटनाको पछि लागेर हल्ला गर्ने परिपाटी ठिक होइन घटना के कारणले भयो ? कसरी भयो ? किन भयो ? आउदा दिनमा त्यस्ता घटना घट्न नदिन के के तरिका अपनाउदा घटना घटदैन । यस्ता विषयमा बढी ध्यान दिनुपर्ने हो ।
यस्ता गहन विषयमा ध्यान दिन, अध्ययन गर्न छोडेर हल्लाको पछि समाज कुदेको देखिन्छ । अचेल भीडले जे भन्छ । त्यही हुन थालिसकेको छ । यस्तो प्रवृति अराजकता हो ।
नेपालमा परिवर्तन नाम दिएका व्यवस्थाहरु पछि नेपालका उद्योग कलकारखाना, व्यापार, व्यवसाय, इलम, सीप भएका मानिसहरुले अवसरवाट वञ्चित हुन थालेका हुन् । त्यसले नेपालमा अभाव, महगी, वेरोजगारको संख्या बढाएको छ । एक परिकारको एक जना सदस्यले सिगो परिवार पाल्नुपर्ने अवस्था आएको छ । यस्ता समस्या किन आए परिवारका सवै सदस्य रोजगार हुने हो भने कति सजिलै परिवार खुशीका साथ बाच्न सक्थे होलान् । नेपालमा स्वास्थ्य, शिक्षा मात्र निशुल्क भइदिने हो भने सायद मानिसले कोही कसैले पनि धन थुपार्न लोभ लालाच गर्दैन थिए होलान् । यतिवेला नेपालमा कोही कसैलाई कुनै सानो दिर्धकालीन रोग लाग्यो भनेपनि उपचार महगो भएका कारण अकालमा पैशा नभकै कारण ज्यान जान सक्छ ।
औसतमा यतिवेला कर्मचारीहरुको तलवभत्ता, सेवा सुविधा कति छ । त्यो उनिहरुको जिवन यापनमा कतिको व्यवहारिक छ । अर्को तर्फ राजनीतिक नियुक्त पाएका काररमा नियुक्ति कर्मचारीले ऐन,कानून नहेरी गर्ने मनपरी जस्ता काम गर्न पहिला नै सुसुचित गर्नुपर्ने होकि होइन । घटना घटिसकेपछि कर्मचारी फस्ने राजनीतिक दलका मिलिभगतमा परेका उम्कने जस्ता घटनाले के सु सभ्य समाजको आधार हुन सक्छ कदापी हुन सक्दैन । त्यसैले हल्ला गरेर अरुलाई दोष लगाउन आफु राम्रो हुन अर्कोलाई सत्तावाट तल झार्न गरिने हल्लाले भीड जम्मा गर्न सक्छ तर देशले खोजेको जनतालाई चाहेको परिणाम ल्याउन सक्दैन । त्यसकारण नेपालमा उत्पादन गर्ने क्षमता, दक्ष जनशक्तिको उपयोग र व्यवस्थापन गर्न जव सम्म सकिदैन ।
यस्ता कुरौटेहरुले एकले अर्कोलाई गाली गरेर आलो पालो सरकार चलाउने आलोपालोमा भाग पाएकाहरुको हालीमुहाली हुने तर वास्तविक जनताको जिवनस्तर कहिल्यै माथि नउठ्ने र देशको लागि नै काम र्गर्छु भनेर बषौ लगाएर पढेका अध्ययनशील मानिसहरुलाई समेत यस्ता भ्रष्टार भ्रष्टचार भनेर बेतुकमा हल्ला गरेर निरास बनाउनेहरुले देशवाट शिक्षित वर्गलाई पलायन बनाउन अर्को प्रहार गर्दैछ । यसमा सचेत भएर तथ्यमा आधारित संवेदनशील भएर मात्र यस्ता हल्ला गर्नु उचित होला नभए देशको लागि ठुलो क्षति हुने संकेत गरेको छ । त्यसैले भ्रष्टचार रोक्ने हो भने सवैभन्दा पहिला मानिस मानिस जसरी बाच्न पाउने सुविधाको ग्यारेण्टी गर भ्रष्टचार आफै विलाउछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend