जन आकाश
काठमाडौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहक बर्गहरुलाई मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा नयाँ बर्षमा, नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासीू योजना ल्याएको छ ।
यस बर्ष सुजुकीले ल्याएको नयाँ बर्ष २०८१ Cash पाउँ एक्कासी योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनुहुनेछ रु १०,०००।– नगद छुट साथै थप Scratch Card मार्फत पाउनुहुनेछ नगद छुट रु १,००,०००।– सम्म क्यास एक्कासी वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५,०००।– र स्कुटरमा रु २०,०००।– प्राप्त गर्न सक्नु हुनेछ वा फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ ।
बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ । सुजुकीको मोटरसाइकल आफ्नो जापानिज टेक्नोलोजी, गुणस्तरीय निर्माण र बस्तुको मोडेल अनुसारको उत्पादनका लागि ख्याती प्राप्त छ ।
यो योजना चैत १४, २०८० देखि जेष्ठ १८, २०८१ साल सम्म लागु हुने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend