जन आकाश
काठमाडौँ । मिलन चाम्स निर्देशित फिल्म हो ‘अञ्जिला’ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनको कथामा बनेको फिल्म नयाँ वर्षको माघ ११ गते रिलिज हुने भएको छ । निर्देशक चाम्सले वितरकसँगको छलफलबाट फिल्म माघमा ल्याउन लागेको बताए ।
फिल्ममा एञ्जिला स्वयंको पनि अभिनय छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको अभिनय रहेको फिल्मको निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।
एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा छायाङ्कन भएको फिल्ममा एञ्जिलाको बालापनदेखि फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथा समेटिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend