logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, चैत्र १६ २०८०

काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय सांगीतिक सृजनामा सक्रिय रहेका छन् । उनि एक पछि अर्को गीत सार्वजनिक गरिरहेका छन् ।



जनचेतनामुलक सृजनालाई कमर्सियल बनाउन सफल हरिवंशको भ्रष्टाचार नियन्त्रण र खबरदारीको सन्देश बोकेको नयाँ गीत सार्वजनिक भएको छ । जस्को पनि दाउ छ खाने हो हाम्म हाम्मु बोलको सार्वजनिक गीतमा हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको छ भने श्याम स्वेत रसाईलीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा हरिवंश आचार्य, हेमन्त बुढाथोकी, दिपाश्री निरौला, प्रियंका कार्की, सरोज ओली, निर्मल शर्मा, कमालमणि नेपाल, सुरज सन्जेल लगायतको अभिनय रहेको छ । गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीले छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रेनिस फागोको कलर रहेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend