logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सम्पन्न


  • जन आकाश
  • सोमबार, चैत्र १९ २०८०

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा चिसो मान्छेुले उत्कृष्ट चलचित्र र  घुर्राुले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ ।



चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र घुर्राको लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् ।

चलचित्र महापुरुषुबाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । हरिवंश अवार्ड लिन स्वयं उपस्थित भएका थिए भने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र छक्का पन्जा चारुबाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जा चारबाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराज गिरी छक्का पन्जा पाँचको स्कृप्टमा व्यस्त भएकोले कार्यक्रममा आउन नसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् ।

राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा थिमु, वातावरणीय चलचित्रमा दिअर ईज न‍ो टुमारोु, उत्कृष्ट डकुमेन्ट्रीमा मकै विवाहु, उत्कृष्ट महिला चलचित्र द गोर्खा गर्लु, उत्कृष्ट बाल चलचित्रमा ईअर्ली होमुले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड जर्नाु र युवराजुले प्राप्त गरेको छ । लघुचलचित्र साउण्ड अफ ड्रिमिङुबाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए । मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, म‍ोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए ।

चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको मुझे स्कुल नही जानाु र लघुचलचित्रमा बेलायतको नो फ्रिडम नो आर्टुले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र डियर सत्यजितुबाट उत्कृष्ट निर्देशक अवार्ड पाए । उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ईन्टरभलु, डकुमेन्ट्रीमा बहराइनको शैख अल तानवीरु, बाल चलचित्रमा भारतको शट बुट थ्रीु, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको द लाष्ट सीडु, मानव अधिकार चलचित्रमा बेल्जियमको ह्वेर ह्याभ अल द स्माईल्स गनुले अवार्ड प्राप्त गरेको छ ।

उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र जुद्धो जोएर किशोर नायकुबाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र जेनुबाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको सेक्रेट्स अफ एन वर्ल्ड गन टुुबाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको  ट्रु समिटुबाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको नमस्ते हिमालयु र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ईमाकुलेटु र पाकिस्तानको समटाईम्स ईभन द सोर ड्रन्सुले पाएको छ । विदेशबाट धेरैजसो विजेताहरु कार्यक्रममा स्वयं सहभागी भएरै अवार्ड लिएका थिए । चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भईरहँदा विकास बोर्डकै अध्यक्ष भुवन केसी भने अनुपस्थित रहेका थिए । चलचित्रलाई माया गरेर विदेशबाट धेरै चलचित्रकर्मीहरु नेपाल आइरहँदा चलचित्र विकास बोर्डकै अध्यक्षले बेवास्ता गरेको धेरै सहभागीहरूले गुनासो व्यक्त गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend