जन आकाश
काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा चिसो मान्छेले उत्कृष्ट चलचित्र र घुर्राले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् ।
चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र घुर्राको लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् । चलचित्र महापुरुषुबाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
हरिवंश अवार्ड लिन स्वयं उपस्थित भएका थिए भने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र छक्का पन्जा चारुबाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जा चारबाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराज गिरी छक्का पन्जा पाँचको स्कृप्टमा व्यस्त भएकोले कार्यक्रममा आउन नसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् ।
राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा थिमु, वातावरणीय चलचित्रमा दिअर ईज नो टुमारोु, उत्कृष्ट डकुमेन्ट्रीमा मकै विवाहु, उत्कृष्ट महिला चलचित्र द गोर्खा गर्लु, उत्कृष्ट बाल चलचित्रमा ईअर्ली होमुले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड जर्नाु र युवराजुले प्राप्त गरेको छ । लघुचलचित्र साउण्ड अफ ड्रिमिङुबाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए ।
प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए । मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, मोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए । चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।
अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको मुझे स्कुल नही जानाु र लघुचलचित्रमा बेलायतको नो फ्रिडम नो आर्टुले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र डियर सत्यजितुबाट उत्कृष्ट निर्देशक अवार्ड पाए । उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ईन्टरभलु, डकुमेन्ट्रीमा बहराइनको शैख अल तानवीरु, बाल चलचित्रमा भारतको शट बुट थ्रीु, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको द लाष्ट सीडु, मानव अधिकार चलचित्रमा बेल्जियमको ह्वेर ह्याभ अल द स्माईल्स गनुले अवार्ड प्राप्त गरेको छ ।
उ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend