logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भूमि सम्बन्धि अधिकार स्पष्ट बनाऔं 


  • जन आकाश
  • बिहिबार, चैत्र २२ २०८०

नेपाल कृषि प्रधान देश भनेर चिनाउदै चिनिदै आएको छ । तर पछिल्लो समय कृषिमा भईरहेको गतिविधिले नेपालको कृषिमा प्रगति हुने देखिदैन । समय अनुसारको भूमि प्रयोग गर्ने नीति स्पष्ट नहुदा कृषि पेशा नेपालमा जति प्रगति हुनुपर्ने हो त्यो हुन सकेको छैन । हुदा हुदा विदेशवाट कृषि सामग्री आयात गरेर परनिर्भर हुने अवस्था समेत आईसकेको छ ।



झनै पछिल्लो पुस्ताहरुमा त कृषि पेशा प्रति त्यति आकर्षित नै छैनन् । त्यसैले नेपलका भूमि सम्बन्धि अधिकार क्षेत्र पाएका निकायहरुले स्थानीय जनताको अवस्था कृषिमा गर्नुपर्ने काम भूमि प्रतिको अधिकार नीतिगत व्यवहारिक दुवै कुराको अध्ययन गरेर नेपालमा कृषि गर्न ईच्छुक नेपालीहरुलाई स्पष्ट नीति तर्जुमा गरेर नेपालको कृषि क्षेत्रमा अकार्षण कार्यक्रम टड्कारो रुपमा ल्याउनुपर्ने देखिन्छ ।

नेपालको पुरातन तरिकाले गर्दै आएको कृषि पेशाले अहिलेका किसानहरुलाई समेट्न सकेको देखिदैन । पछिल्लो समय कृषकहरुलाई सहुलियत दिने नाममा विभिन्न खालका अनुदान कार्यक्रम ल्याईएको भएपनि त्यसको प्रभावकारिता हुन सकेको छैन ।

यस्ता असफल भईरहेको कार्यक्रमहरुलाई शिक्षाको रुपमा लिएर नेपालको भू –बनोट, अवस्था र उत्पादनको मात्र बढाउने उपाय, त्यसको उपयोग गर्ने बजारको अवस्था किसानले पनि उद्योगले जस्तै प्राप्त गर्ने राज्यवाट सहुलियत ऋण यातायातमा सुविधा जस्ता कार्यक्रम भईरहेकालाई वास्ताविक कृषकले प्राप्त गर्ने गरी र नयाँ कार्यक्रमहरु जसले ठुलो परिणाममा उत्पादन गर्ने लक्ष्य सहितको योजना पेश गरेर काम अगाडी बढाउने आधार तयार गर्ने कृषिका आईडोजिकल कृषकहरुलाई भूमि प्रयोग गर्न सहज बनाउने नीति तत्कालको तत्कालै थालनी गरेर काम शुरु गर्नुपर्ने देखिन्छ ।

यस्तो काम गर्न सकेमा नेपालको कृषि पेशामा भविष्य हुने र कृषि पेशावाट मनग्य आम्दानी गर्न सकिने उदारण बन्न तिनै उदारणहरु देखेर हेरेर नेपालका शिक्षित युवाहरुमा समेत नेपालमा कृषि पेशा प्रति आकर्षित हुन सक्ने नीति बनायर कार्यन्वयन गर्न ढिला गर्नुहुदैन । यसरी तत्कालको तत्कालै गर्नुपर्ने काम शुरु गर्न थाल्यौ भने मात्रै त्यसले निरन्तर रुपमा परिणाम दिन सक्छ र दिर्धकालिन भरर्पदा योजनाहरु थपेर नेपाललाई कृषकले उत्पादन गरेका सामग्रीहरु राष्ट्रियस्तरमा बिक्री गर्ने वातावरण बनाउन सक्छौ । त्यसपछि नेपालमा नै उत्पादन गरेर नेपालीहरु आत्मनिर्भर हुन सक्छौ । बढी भएको कृषि सामग्री अन्तराष्ट्रिय बजारमा समेत नीतिगत रुपमा राष्ट्रियस्तरवाट नै पहल गरेर बिक्री गरेर मनग्य आम्दानी गर्न सक्छौ । यस्तो महत्वपूर्ण कृषिको कामको थालनी कृषि क्षेत्रको नेतृत्व गर्ने निकायले ईमानदारिताका साथ लाग्ने र कृषकले दिएका सुझाव, सल्लाह लिएर काम गर्नुपर्ने आजको आवश्यकता छ । यस्तो काम थालिहाल्न भूमि प्रतिको स्पष्ट नीति पहिलो प्रथामिकता हुुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend