जन आकाश
काठमाडौं । नेपाली फिल्म बद्री बहादुरः मिस्टर संखुवासभा शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कमेडी जनरामा निर्माण भएको फिल्मलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।
फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरूङ, राजीवजंग बस्नेत, एलिना गुरुङ, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक बस्नेत स्वयंले अभिनय गरेका छन् । एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेतलाई दर्शकले देख्न पाउनेछन् । कमेडी र एक्सनको मिश्रण भएकाले फिल्म हेरून्जेल दर्शकलाई रमाइलो लाग्ने विश्वास निर्माण टिमको छ ।
विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन् । रामकाजी घिमिरेको पटकथा लेखन, विनोद सापकोटाको छायांकन, शंकर महर्जनको द्धन्द्ध रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । फिल्मले हलमा शो भने निकै कम पाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend