logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गीतकार तारा अधिकारीको “जे पायो त्यही” गीतको म्युजिक भिडियो सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, चैत्र २३ २०८०

काठमाडौं । गितकार तारा अधिकारीको नयाँ गित जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक भएको छ ।



गीतकार अधिकारीको रचना रहेको गितमा लेखु सहयात्रीको संगितमा आशिष अबिरल र अस्मिता अधिकारीको स्वर रहेको छ । म्युजिक भिडियोमा आष्मा विश्वकर्मा, सरोज अधिकारी र बिजय अधिकारी (कार्टुन क्रु) को अभिनय रहेको छ ।

सान थापाको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ भने कोरियोग्राफी राजिव समरको रहेको छ । गितलाई सुनौलो ताराले बजारमा ल्याएको हो । गीतकार अधिकारीका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । उनले राष्ट्रिय अवार्डहरु पनि पाउन सफल भएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend