logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म “रुमानी रङ्ग” का लागि ड्रेस तयार गर्दै


  • जन आकाश
  • आइतबार, चैत्र २५ २०८०

काठमाडौँ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत सिनिअर डिजाइनरहरूले निर्माणाधीन नेपाली फिल्म ‘रुमानी रङ्ग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् ।



यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ । उक्त फिल्मका तीन गीतका अलावा मुख्य दृश्यका लागि आईआईएफटीमा अध्ययनरत २० जना विद्यार्थीले ड्रेस तयार गर्ने सम्झौता भएको छ । ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबिच सम्झौता भएको आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जनले जानकारी दिइन् ।

सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जन र शिक्षा विभाग प्रमुख उत्कृष्ट बिक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend