logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई खेल खेलिने


  • जन आकाश
  • आइतबार, चैत्र २५ २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार दुई खेल खेलिने छ । पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच हुनेछ । उक्त खेल नेपाली सयम अनुसार, दिउँसो ३ः४५ बजे मुम्बईस्थित वानखेड स्टेडियममा सुरु हुनेछ ।



आइतबारको दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे लखनउस्थित एकाना क्रिकेट स्टेडियम सुरु हुनेछ । जारी सिजनको आईपीएलमा लखनउले चौथो र गुजरातले पाँचौँ खेल खेल्न लागेका हुन् ।

लखनउले हालसम्म खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । लखनउ चार अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो ।

लखनउले त्यसपछि लगातार दुई खेल जितेको थियो । दोस्रो खेलमा लखनउले पञ्जाब किङ्सलाई २१ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने लखनउले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २८ रनले पराजित गरेको थियो । अर्कोतिर, गुजरातले हालसम्म खेलिएको चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । गुजरात चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो ।

दोस्रो खेलमा गुजरातको टोली चेन्नई सुपर किङ्ससँग ६३ रनले पराजित भएको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो । चौथो खेलमा भने गुजरातको टोली पञ्जाब किङ्ससँग तीन विकेटले पराजित भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend