logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कतार विरुद्ध दिपेन्द्रसिह ऐरीले छ छक्का हानेपछि विश्वभर चर्चा


  • जन आकाश
  • आइतबार, बैशाख २ २०८१

काठमाडौ । एसिसि कप ओमानको ल अमरेत क्रिकेट मैदानमा भईरहेको खेलमा नेपालले दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेपालका दिपेन्द्रसिह ऐरीले लगातार अन्तिम ओभरको ६ बलमा ६ वटै छक्का प्रहार गरेर विश्व टिट्वान्टी किक्रेटको पाचौ नम्बरमा आफ्नो नाम लेखाउन सफल भएकाछन् ।



नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाइएको थियो ।

 

नेपालका असिफ शेख र दीपेन्द्र चम्केपछि २११ रनको विशाल योगफल तयार भएको हो । अरु खेलाडीहरुको योगदान त्यतिकै रहेको छ । किनकी बलर, फिल्डर, ब्यट्सम्यान सवैके उत्तिक्कै योगदान रहेको थियो ।

नेपालका राष्ट्रिय किक्रेट टिमले टिम स्प्रिटमा गेम खेल्न सक्छ र नेपालमा विश्व किर्तिमान गर्ने खेलाडी समेत छन् भन्ने प्रमाणित विगतमा पनि भएका थिए । दीपेन्द्रसिह ऐरीेले थप नयाँ किर्तिमान राखेर नेपालको शिर उच्च बनाएका छन् । उनको नेपालमा त चर्चा हुने नै भयो विश्वमा यतिवेला खेलकुदको चर्चा छ भने दीपेन्द्रसिह ऐरीको ने हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend