logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्वास्थको ख्याल गरौ रोग लाग्नवाट बचाऔ 


  • जन आकाश
  • सोमबार, बैशाख ३ २०८१

काठमाडौ उपत्यकामा मानव घनत्व यति छकि जसलाई मापन गर्ने कुनै यन्त्र नै छैन । जताततै मानिसहरुको भीड भेटिन्छ । हस्पिटल जाउ, स्कुल कलेज जाउ, मन्दिर गुम्बा मज्जिद जाउ, शौचालय जाउ, होटल पसल जाउ, यातायातामा यात्रा गरौ, चौकमा चिया पिउ, बैकमा जाउ, प्रहरी कार्यलय जाउ,सैनिक कार्यलय जाउ, सरकारी कार्यलय जाउ,धारा पधेर जाउ, कुनै पार्कमा घुम्न जाउ जताततै मानिस नै मानिसको भीड मात्र भेटिन्छ ।



यस्तो मानव घनत्व भएको काठमाडौ उपत्यकामा मानवले आफैले रकम तिरेर लिने सेवा सुविधाहरु मानवका लागि स्वस्थ्यकर छनकि छैनन् ? सार्वजनिक स्थलहरुमा प्रयोग गरिने हस्पिटल, स्कुल, केलज,क्याफे,भोजानालय, खानेपानीका धारा, शौचालय जस्ता मानिसहरुले प्रयोग गर्ने प्रत्यक्ष नभई नहुने यस्ता क्षेत्रहरुमा सफा सुघर कतिको छ ? यसको खोजवीन कतिको भएको छ ? यति धेरै मानिसहरुको जमघट हुने सार्वजनिक क्षेत्रमा अपनाउनु पर्ने सावधानहरु आपनाईको छ कि छैन ? यस्ता प्रश्नहरुको उत्तर खोज्न व्यावहारिक रुपमा नेपालका हस्पिटल, चमेना गृह, भोजानालय, स्कुल, कलेज, शौचालय, चोक, किराना पसल, लगायत क्षेत्रामा पुगेर हे¥यौ भने त्यहा धेरै जति स्कुल, कलेज, हस्पिटलहरुमा फोहोरको डङगुर देखिन्छ । फोहोर सफा गरेको ठाउँ भएपनि त्यहा प्रयोग गर्नुपर्ने किटनासक औषधीको प्रयोग भएको पाइदैन ।

हस्पिटल, स्कुल, कलेज, सरकारी कार्यलय, शौचालय यि यस्ता क्षेत्रहरु हुन् । जस्तो सुकै परिस्थिमा पनि मानिसले लाईन लागेर, कुरेर दुगन्ध सहेर किन नहोस कामको लागि पर्खन वाहेक अर्को बिकल्प हुदैन ।

त्यसैगरी ति आस पासका सञ्चालित चमेना गृह, क्याफे, भोजानालय रहेका हुन्छन् । भित्र पकाउने ठाउँमा सफा छकि छैन । भोक लागेको वेलामा कुनैपनि मानिसले त्यो सोधेर हेरेर बस्ने फुर्सद पनि हुदैन । बासी सडे गलेका खानेकुरा हुनकि होइनन् । उपभोग गर्ने उपभोक्तालाई उपभोग्य वस्तु गुणस्तर छ छैन भन्ने ज्ञान सवै नागरिकमा हुदा पनि हुदैन ।

त्यसैले कतिपय यस्ता ठाउहरु पनि छन् । जाहा दुईवटा भाडा अट्ने ठाउँ हुदैन । त्यसस्ता ठाउँमा होटल, चिया पसल राखिएको हुन्छ । जाहा पानीको धारा हुदैन । ड्रममा पानी जम्मा गरेर राखेको पानीले भाडा,कुडा माझेर प्रयोग गर्ने गरिन्छ । अर्को काठमाडौ उपत्यकामा सुख्खा याममा खानेपानीको समेत हाहाकार हदै आएको छ । अहिले मेलम्चीको पानी काठमाडौ उपत्यकामा ल्याईएको भएपनि सवै ठाउमा पाइपको काम सम्पन्न भई नसकेको कतिपय ठाउँमा टोल विवादका कारण खानेपानीको पाइप जस्तो सवेदशील चीजलाई समेत काठमाडौमा एउटा घरले अर्को घरमा जान नदिने जस्त समस्या छदैछन् ।

त्यसकारण सफा सुघर गर्नको लागि सवैभन्दा अपरिहार्य भनेको प्रसस्त पानी नै हो । पानीको प¥याप्त, खानहरु किनबेच गर्ने ठाउँ खुल्ला सफा, हावा छिर्ने ठाउ हुनुपर्छ । पकाउन,े धुने ठाउँहरु पनि सफा हुनुपर्छ । तर काठमाडौ उपत्यकामा नागरिकहरुले अपरिहार्य प्रयोग गर्नु सार्वजनिकस्थलहरुमा त्यस्तो सफा ठाउँ व्यवस्था गरेको देखिदैन ।

नेपालमा हस्पिटल धेरै खोलेको देखिन्छ । तर रोग लाग्न नदिन प¥यास गरेको देखिदैन । मानिसलाई सवैभन्दा पहिला रोग दुषित हावावाट लाग्छ भन्ने स्वास्थ्य सस्थाहरुको रिपोटले भन्ने गरेको छ । काठमाडौ उपत्यकाको जन घनत्वको राम्रो व्यवस्थापन गर्न नसक्दा र सार्वजनिकस्थलहरुमा हुने फोहोर मैलाको व्यवस्थापन, खानपान हुने क्षेत्रहरुको अनुगमन र कस्ता कस्ता क्षेत्रमा होटल, पसल, तरकारी पसल खोल्न दिने कस्ता क्षेत्रमा तरकारी बजारको व्यवस्थापन गर्ने, कस्ता क्षेत्रमा वथशाला निर्माण गर्ने, मासुलाई कसरी सफा बनाएर बजारमा बिक्री गर्ने जस्ता सामान्य काम काठमाडौमा गर्न सकेको देखिदैन ।

यस्ता सामान्य तर महत्वपूर्ण काम कसैको चासोको विषय बनेको देखिदैन । त्यसकारण स्वास्थ्यमा प्रत्यक्ष असर हुने क्षेत्रलाई पहिलो प्रथामिकता दिने काम गरी रोग लाग्नवाट बाचौ र बचाऔ । भन्ने विषयलाई सवैले जोड गरौ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend