logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायिका एलिना चौहानको लगनगाँठो


  • जन आकाश
  • बिहिबार, बैशाख ६ २०८१

काठमाडौं । गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् ।



बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे । आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।

विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । भव्य सजावटसहित आयोजित समारोहमा सांगीतिक माहोल पनि चलिरहेको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend