logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गुन्जन सिंहलाई गायक तथा सर्जक सिपी परियारले दिए गीत रेकर्डको अवसर


  • जन आकाश
  • शुक्रबार, बैशाख ७ २०८१

काठमाडौं । नेपालका कुनाकन्दरामा घटेका घटनालाई जस्ताको तस्तै सम्प्रेषण गर्दै, गाउँगाउँमा लुकेका प्रतिभालाई मिडिया मार्फत कलाकारितामा स्थापित गर्दै आएको प्रतिभा र नव प्रतिभाको कला देखाउने साझ थलो भनेर चिनिने (एभरेस्ट इण्टरटेन्मेण्ट नेपाल,लेक साईड टिभी,चौरासी मिडिया ) बाट निकै चर्चामा आएकी गुन्जन सिंहलाई गीत रेकर्ड गर्ने अवसर मिलेको छ ।



मीठो स्वरकी धनी इन्डियामा जन्मेर पनि नेपाली गीत संगीत धेरै सुन्ने र गुनगुनाउने गीत संगीतमा अतेन्तै रुचि भएकी गुन्जन सिंहको अन्तर्वार्ता हेरेर सिपी परियारले गीत रेकर्ड गर्ने अवसर दिएका छन् ।

बोलिमा मिठास,आवाजमा एक प्रकारको जादु भएकी गुन्जन सिंह अवसरको खोजिमा केही समय अघि (एभरेस्ट इण्टरटेन्मेण्ट नेपाल,लेक साईड टिभी,चौरासी मिडिया) सम्म पुगेकी थिइन् उनको गायकी प्रस्तुती हेरेर सिंहलाई गायक तथा सर्जक सिपी परियारले गीत रेकर्ड गर्ने अवसर दिएका हुन् ।

अबको केही दिनमै भिडियो बजारमा सार्वजनिक गर्ने गायक तथा सर्जक सिपी परियारले बताएका छन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend