जन आकाश
काठमाडौं । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका बेतालीमा जन्मेका नेपाल सिङगिङ आइडलका बेजेता युवराज कार्की र ¥याप गीत पनि नेपाली गीत नै हो सबैले सुन्न मिल्छ भन्ने सोच बोकेका सुजन कार्की आफ्नो दमदार प्रस्तुति बोकेर जन आकाश मिडियामा आएका छन् ।
केही वर्षअघि नेपाल सिङगिङ आइडलको उपाधी हात पार्न सफल भएका युवराज कार्की र ¥याप क्षेत्रमा अगाडि बढ्दै गरेका सुजन कार्कीले “अधुरो माया” गीत बजारमा सार्वजनिक गरेका छन् ।
उक्त गीतको शब्द सङ्गीत सुजन कार्की र युवराज कार्की दुवैले गरेका छन् भने आवाज पनि दुवै जनाको रहेको छ । अमर मजरकोटीको निर्देशन रहेको गीतमा चर्चित मोडल बिना राउत, सुजन कार्की र युवाराज कार्कीको अभिनय आकर्षक रूपमा देख्न सकिन्छ ।
गीतमा दुई जोडिको बिछोड भएको माया पिरतीको कथालाई देखाइएको छ । गायक युवराज कार्कीको मार्मिक भाका र सुजन कार्कीको बिच बिचमा ¥याप देख्न सकिन्छ ।
गीत सोचे भन्दा राम्रो भएको छोटो समयमै दर्शकले धेरै रुचाइदिएका गीत राम्रो बन्नमा सबै कलाकारको उतिकै भूमिका रहेको यसै गीतका गायक सुजन कार्की र युवराज कार्की जन आकाश मिडियालाइ बताउँछन् ।
पुरा भिडियो हेर्न लिङ्क दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend