जन आकाश
विनोद कार्की ।
काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका एक चम्किला तारा भनेर चिनिने गायक सुमन बेटी गीत सङ्गीत क्षेत्रका एक उदाहरणीय व्यक्ति हुन् । उनले गरेका हरेक सिर्जना चर्चामा आउने गर्दछन् । विगत लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्र र लाइभ दोहोरीमा दोहोरी गाउँदै आएका बिटीका झन्डै एक दर्जनभन्दा बढी गीतहरू बजारमा रहेका छन् । कति गीत चर्चाको शिखरमा पुग्न सफल भएका छन् । उनको आवाजमा रहेको “रातो डोरी सिरैमा” गीत चर्चा कमाउदै युट्युबको करोड क्लबमा पुग्न सफल भएको छ ।
धादिङमा जन्मेका गायक सुमन बिटीको लोमो समयदेखि गीत सङ्गीत क्षेत्रको छुट्टै सङ्घर्ष रहेको छ । उनले गरेका गीत सङ्गीतका सङ्घर्ष हेर्ने हो भन्ने सबै जना दङ्ग पर्ने गर्छन् । उनै लोकप्रिय गायकसँग जन आकाश मिडियाका संवाददाता ले गरोको कुुराकानी यसरी प्रस्तुत गरेका छौं ।
तिमी र म जाम माया बोलको गीतबाट दर्शकको कस्तो माया पाउनु भयो ?
मेरो जीवनको पहिलो गीत थियो “तिमी र म जाम माया” पहिलो गीतबाट नै दर्शकको धरै मायाले करोड क्लबमा पुग्न सफल भयो । धरै भाग्यमानी ठान्छु म पहिलो गीतबाट नै दर्शककबाट नसोचेको माया पाए । गीत हिट भयो तर गायक गायिका भने त्यति हिट हुन नसकेको होकी जस्तो मलाई लाग्छ कति प्रोग्राममा जाँदा दर्शकले गीत सुनेका तर गायकलाई नचिनेको अवस्था देखेको छु ।”
तपाईँको बाल्यकाल कसरी बित्यो ?
म सामान्य परिवारमा हुर्केको व्यक्ति हो । बाल्यकालको अवस्था एकदमै दुखदायी थियो । गाउँमा रोजगारीको लागि कुनै कल कारखाना, उद्योग धन्दाहरू थिएनन् । खेती किसानबाट नै जीवन गुजारा गर्नु पर्थ्यो । गाउँमा धेरै खेती गरेर अन्न, बाली उत्पादन गर्न जगा, जमिन पनि धेरै थिएन् । थोरै जमिनमा थोरै खेती हुने तर बाँदरले बाली सत्यानास पार्ने २४ घण्टा नै बाँदर रुङ्नु पथ्र्यो । मैले १० कक्षा सम्म गाउँमै पढे १० वर्ष मेरो बाँदर धपाएर नै बाल्यकाल बित्यो ।
“तिमि र म जाम माया” गीत हिट हुनुको कारण नायक पल शाह नै हो ?
यो गीत हिट हुनुमा नायक पल शाहले गर्दा मात्र गीत हिट भएको होइन । गीत हिट हुनुमा सबैको हात छ । सुरुमा त गीतको अडियो नै राम्रो छ चर्चित सङ्गीतकार गोविन्द पङ्गेनीको सङ्गीत रहेको, आवाजमा पनि नेपालको चर्चित गायिका शान्ति श्री परियारको रहेको छ । गीत हिट हुनुमा अडियो नै राम्रो हुनुपर्छ । धेरै महँगो लगानीको गीत हो । एक त नेपालको चर्चित नायक पल शाहलाई राखेपछि सुटिङ सेट महँगो हुन जान्छ । सबैले मानेको नायकलाई जस्तो पाए त्यस्तै सेट बनाएर अपमान गर्न पनि भएन । गीत हिट हुनुमा सबैको हात छ गीतको अडियो भिडियो राम्रो भएकै कारण गीत हिट भएको हो । यो गीतको सबै टिमलाई बशेष धन्यवाद दिन चाहान्छु ।
कसरी आउनु भयो यो गीत सङ्गीत क्षेत्रमा ?
गीत सङ्गीत क्षेत्रमा सानैदेखि रुचि थियो गाउँघरमा रेडियो अडियोमा धेरै गीतहरू सुन्ने गरिन्थ्यो । अनि म पनि रेडियोसँग सँगै गीत गाउन सिक्थे मेरो आवाज सुनेर सबै जनाले गायक बन्छ भन्थे । गाउँघरमा हुँदा म प्राय राम्जी खाण, प्रमोद खरेलको गीत सुन्ने गर्थे त्यसरी नै गीत सङ्गीत क्षेत्रमा रुचि आयो ।
भोलिका दिनमा दर्शकले कस्ता खालको गीत सुन्न सक्छन् तपाईँको आवाजबाट ?
भोलिको दिनमा दर्शकले मेरा सबै प्रकारका गीतहरू सुन्न सक्छन् । लोक गीत, आधुनिक गीत, डान्सिङ गीत, देशको मर्म बोकेको देश भक्ति गीत समय परिस्थिति अनुसार दर्शकले मेरा सबै प्रकारका गीत सुन्न सक्छन् ।
पुरा भिडियो हेर्न लिङ्क दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend