logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत सङ्गीतमा रङ्गिन सपना देख्दै मनिस घिसिङ


  • जन आकाश
  • सोमबार, बैशाख १० २०८१

विनोद कार्की ।



काठमाडौं । गीत सङ्गीतमा रङ्गिन सपना देखेका मनिस घिसिङले केही दिन अगाडी लिरिकल गीत बजारमा सार्वजनिक गरेका छन् । उक्त गीत छोटो समयमै सामाजिक सञ्जालमा निकै चर्चामा आएको देखिन्छ ।

सानै देखि गीत सङ्गीतमा भविष्य देखेका घिसिङ गाउँको पढाई सकेर चर्चित गायक बन्छु भन्ने ठुलो सपनाको पोको बोकेर काठमाडौं सहर छिरे । उनि गायक बन्न काठमाडौंको गल्लि गल्लिमा भौतारिरहे । बिरानो मुलुक काठमाडौं सहरमा कसैलाई चिनेका थियनन् । गीत सङ्गीतमा लाग्न उनको गायक बन्ने सपना सपनामै सीमित भयो । तर उनको हिम्मत भने मरेन आफ्नो रोजीरोटीको लागि कफी सपमा काम गर्दै केहि पैसा जम्मा गर्दै म्युजिक सिके । अहिले आफ्नै शब्द सङ्गीतमा लिरिकल गीत बजारमा सार्वजनिक गरेका छन् । उनै नव गायकसँग गरेको कुराकानीलाई हामीले यस अङ्कमा राखेका छौँ ।

घर परिवारबाट कस्तो सहयोग पाउनु भएको छ ?
घर परिवारबाट एकदमै साथ सपोर्ट पाएको छु । अरूको साथ सपोर्ट भन्दा पनि आफैले मेहनत गरेर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ । साथीभाइ घर परिवार सबैको माया पाएको छु अहिले गीतले पनि राम्रै प्रतिक्रिया पाएको छ । सबैको साथ सपोर्टको अपेक्षा राखेको छु ।

गीत सङ्गीतको भविष्य कस्तो छ जस्तो लाग्छ ?
अहिले दर्शक हरुले समय सान्दर्भिक गीतहरु खोज्छन् । समय सान्दर्भिक गीतहरु दर्शकलाई दिन सकियो भने चल्न सकिन्छ तर दिन सकेन भने यहि क्षेत्रमा अल्झि रहने मात्र हो । यो क्षेत्रको लत लागिसक्यो छोड्न पनि सकिदैन

तपाई कस्ता खालका गीत गुनगुनाउने गर्नुहुन्छ ?
म प्राय सबै विधाका गीत सुन्ने र गुनगुनाउने गर्छु विशेष चाहिँ म आधुनिक गीत सुन्ने गर्छु मलाई मन पर्ने गायक राजु लामा हुनुहुन्छ । म प्राय जसो राजु लामाको गीत सुन्ने र गुनगुनाउने गर्छु ।

भोलिको दिनमा गीत सङ्गीत क्षेत्रमा कसरी अगाडि बढ्नु हुन्छ ?
हेरौ सङ्गीत सिक्दै छु भोलिको दिनमा कहाँ पुग्न सकिन्छ त्यो त भन्न सकिँदैन जहाँ पुगेपनी गीत सिक्न र गाउन चाही कहिले छोड्ने छैन । अर्को गीतको तयारीमा छौ । छिटै अब बजारमा ल्याउँछौँ सबैले साथ सपोर्ट गरिदिनु होला । भन्दै मनिस घिसिङ जन आकाश मिडियासँग बताउँछन् ।
पुरा भिडियो हेर्न तल लिङक दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend