जन आकाश
काठमाडौं– नेपालको दुर्गम ठाउँ भनेर चिनिने सोलुखुम्बु जिल्लामा जन्मेका विष्णु खड्का विगत लामो समयदेखी गीत सङ्गीत क्षेत्र र पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन् । परिवर्तनको लागि सधैँ आवाज उठाउने साधा जीवन उच्च बिचार राख्ने खड्काले पछिल्लो समय आफ्नै “सिधा प्रेस” मिडिया सञ्चालनमा ल्याई स्वतन्त्र निष्पक्ष ढङ्गबाट जनताको समस्यालाई मिडिया मार्फत उजागर गर्दै आएका छन् । उनै गायक तथा कुशल सञ्चारकर्मीसँग जन आकाश मिडियाका संम्वादाता बिनोद काकीले गरेको कुराकानीलाई यस अंकमा प्रस्तुत गरेका छौँ ।
तपाईको बाल्यकाल कसरी बित्यो । यो गीत सङ्गीत क्षेत्रमा कसरी आउनु भयो ?
मेरो जन्म घर सोलुखुम्बु जिल्ला लिखु पिके गाउँपालिका वडा नं ३ मा मेरो जन्म भयो । त्यही ठाउँमा उकाली, ओराली, घाँस, दाउरा गरेर मेरो बाल्यकाल रमाइलो तरिकाले बित्यो । स्कुलमा पढ्दा ५,१० रुपैयाँ पैसा उठाएर गीत सङ्गीतका कार्यक्रमहरू गर्ने गर्थेउ । त्यो समयको बालपन साथीभाइ कोही कता पुगे, कोहीसँग कनट्याक्ट हुन्छ, कोहीसँग हुँर्देन् । जेहोस त्यो पल सम्झिदा पनि अहिले रमाइलो लाग्छ । मेरो गीत सङ्गीत क्षेत्रमा सानैदेखि रुचि थियो म सानो हुँदा मादल, बाँसुरी पनि बजाउँथे मादलको धुनसँगै गीत गुनगुनाउने गर्थे मेरो आवाज सुनेर सबैले गायक बन्छस् भनेर तारिफ गर्थे । हाम्रो पालामा अहिलेको जस्तो टिभी, टेलिफोन, सञ्चार माध्यमको त्यति धेरै सुविधा थिएनन् । रेडियोबाट गीतहरू बज्ने गर्थे । म रेडियोको कार्यक्रम र गीतहरू धेरै सुन्ने गर्थे । अरूले रेडियोमा कार्यक्रम चलाएको सुन्दा मलाई पनि रेडियोमा कार्यक्रम चलाउन मन लाग्थ्यो,जङ्गलमा गाई, बस्तु चराउन जाँदा गाई बस्तुलाई दर्शक बनाएर आफू कार्यक्रम सञ्चालक बनेर सञ्चालन गर्ने प्रयास गर्थे । धेरै मेहनत र संर्घषबाट मेरो गीत सङ्गीत र पत्रकारिता क्षेत्रको यात्रा चलिरहेको छ ।” अहिले गायक विष्णु खड्का र कुशल सञ्चाकर्मी भनेर धेरैले चिन्छन् ।
सिधा प्रेसबाट विशेषगरी कस्ता खालको न्युजहरू पाठकले पढ्न सक्छन् ?
विशेष गरी सिधा प्रेस अनलाइनबाट आर्थिक, राजनीतिक, मनोरञ्जन आदि सबै प्रकारका न्यूजहरू पाठकले पढ्न सक्छन् । म विगत लामो समदेखि गीत सङ्गीत क्षेत्र र पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा लागिरहेको छु । हिजोको दिनमा पनि रेडियो, टेलिभिजनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थिए । अब जनताको समस्याको आवाज उठाउनु पर्छ भनेर सिधा प्रेस अनलाइन सञ्चालन गरेर अहिले आफ्नो जन्मभूमि सोलुखुम्बु मै बसेर सोलुखुम्बुको जनताका समस्याको आवाज उठाउँदै आएको छु ।
पत्रकारिता क्षेत्रको भविष्य कस्तो छ जस्तो लाग्छ ?
पत्रकारिता क्षेत्र भनेको एउटा सेवा मूलक पेशा हो । यो क्षेत्रमा पैसा कमाउँछु भनेर लाग्ने हैन पैसा कमाउन त बिजनेस व्यापार गर्नुपर्छ । तर पछिल्लो समय सञ्चार क्षेत्रलाई केहि व्यक्तिहरुले बिजनेसको रूपमा लिएका छन् । पैसाको आडमा फेक न्युज लेखिदिने, पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कार्य सबै त हैन केही मिडियाले गर्दा सञ्चार क्षेत्र नै बदनाम गराएका छन् । तर हामीलाई त्यस्तो काम गर्न आयन सोझो तरिकाले मिडिया सञ्चालन गरियो, कालोलाई कालो, सेतोलाई सेतो भन्ने, कुनै पार्टीको दबाबमा नपर्ने भएकाले हामीले खासै प्रगति गर्न सकेका छैनौ । गलत काम गरेर मिडिया चलाएका मिडियाकर्मीहरू कहाँ पुगी सके । तर मैले सञ्चार क्षेत्रलाई कुनै व्यापार बिजनेसको रूपमा लिएको छैन । समाज सेवाको रूपमा लिएको छु । भोलिको दिनमा पनि म समाज सेवाको रूपमा काम गर्छु । जनताको पक्षमा आवाज उठाइरहन्छु । भन्दै गायक तथा पत्रकार विष्णु खड्का जन आकाश मिडियासँग बताउँछन् ।
पुरा भिडियोको लागि लिङ्कमा क्लिक गर्नुहोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend