जन आकाश
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म बोक्सीको घर मा समावेश गीत “ बुझिनँ मैले” लाई छोटो समयमै युट्युबमा एक करोड बढी पटक हेरिएको छ।
सार्वजनिक भएको तीन सातामै आइतबार गीत करोड क्लबमा पुगेको हो। प्रकाश सपुतको सिर्जना तथा समीक्षा अधिकारीको स्वर रहेको यो गीत सार्वजनिक भएसँगै चर्चामा थियो।
गीतले बोक्सीको घरको हाइप बढाउन महत्वपूर्ण भूमिका खेलेको र त्यसको फाइदा फिल्मको ओपनिङमा देखिएको अनुमान गरिएको छ।
फिल्मले दुई दिनमा २ करोड १५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक भएको छ। शुक्रबार र शनिबार देशैभरका हलमा फिल्मले दर्शकको उत्साहजनक साथ पाएको थियो।
अभिनेत्री एवं निर्मात्री केकी अधिकारीले फिल्मको बारेमा दर्शकलाई जानकारी दिन बुझिनँ मैले गीतले ठूलो भूमिका खेलेको बताइन्। अन्तिममा बोल्ने फिल्मले नै भए पनि दर्शकलाई सुरूआतमा फिल्मप्रति आकर्षित गर्नका लागि गीतको भूमिका विशेष रहेको उनको बुझाइ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend