logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

किरण श्रीपाली र खेम सेन्चुरिको आवाजमा “जाले रुमालैमा” गीत सार्वजनिक


  • जन आकाश
  • सोमबार, बैशाख १७ २०८१

काठमाडौं– जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरु बिच पुराना गीत र भिडियोहरुको मोह उस्तै रहेको छ । पुराना म्युजिक भिडियोको झझल्को दिने गरि नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास स्वरूप हालै मात्र ‘ जाले रुमालैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।



यस गीतमा गायक खेम सेन्चुरी र गायिका किरण श्रीपालिको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । उक्त गीतको शब्द संङ्गीत तिलक रामदमल गरेका हुन् भने चर्चित मोड्ल बिजय पुन, बिना राउत, आर्यन राउत र जुना एसडीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

मुकेस हुमागाईले छायाङ्कन गरेको यस भिडियोलाई मिन रावलले सम्पादन गरेका छन् । यस भिडियो राहुल बराइलीको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई तिलक रामदम अफिसियल युटुब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend