logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“पुजार सार्की” फिल्मको दोस्रो गीत सार्वजनिक


  • जन आकाश
  • बिहिबार, बैशाख २० २०८१

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म “पुजार सार्की” को दोस्रो गीत सार्वजनिक गरिएको छ।



मंगलबार सार्वजनिक “रिमै” बोलको गीतमा देबेन्द्र बराल र मुना ठटालको स्वर छ। सुवास भुसालको शब्द रहेको गीतका शब्द दिनेश राउतले लेखेका हुन्।

सार्वजनिक गीतको भिडिओमा दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्। पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली तथा मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ। अभिनेता पल शाह पनि भिडिओमा देखिएका छन्।

विकास सुवेदीको लेखन, सुवास भुसालको निर्माण रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend