logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

गण्डकी प्रदेशलाई हराउँदै कर्णाली पहिलो पटक महिला लिगमा छनोट


  • जन आकाश
  • बिहिबार, बैशाख २० २०८१

सुर्खेत । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई २-० ले हराउँदै कर्णाली प्रदेश पहिलो पटक महिला लिगमा छनोट भएको छ ।



बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा गण्डकीलाई हराएपछि कर्णाली तेस्रो हुँदै लिगमा छनोट भएको हो । कर्णाली छनोट हुँदा मधेश प्रदेश भने चौथो स्थानमा रहँदै राष्ट्रिय लिगमा छनोट हुनसकेन । समान ६ खेलबाट कर्णालीले १२ अंक जोड्दा मधेशले १० अंकमात्रै जोड्यो ।

गण्डकीविरुद्ध कर्णालीलाई जित दिलाउन कर्णालीकी वर्षा वलीले छैटौं मिनेटमै गोल गरेर अग्रता दिलाइन् । खेलको ३०औं मिनेटमा सबिनाले गोल गर्ने राम्रो मौका गुमाइन् । उक्त अवसर गुमाएको २ मिनेटभित्र नै कर्णालीका लागि वर्षाले दायाँतर्फबाट गरेको असिस्टमा सन्जिता बोम्जोनले दोस्रो गोल गरिन् ।

पहिलो हाफमा गरेको २ गोल नै निर्णायक बन्दा कर्णाली पहिलो पटक महिला लिगमा छनोट भएको हो । यसअघि नै कोशी र सुदूरपश्चिम प्रदेश क्रमशस् पहिलो र दोस्रो हुँदै महिला लिगका लागि छनोट भइसकेका छन् ।

कोशी ६ खेलमा ५ जित र एक हारसहित अपराजित रहँदै १६ अंक र सुदूरपश्चिम ५ खेलमध्ये ४ मा जित र एकमा हारसहित १२ अंकका साथ छनोट भएको हो । सूदुरपश्चिम र लुम्बिनी प्रदेशबीच आज बिहीबार हुने दोस्रो खेल औपचारिकताका लागि मात्रै हुनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend