जन आकाश
काठमाडौं– बोलीमा मिठास आवाजमा एक प्रकारको जादु, गरिब परिवारमा हुर्केका मीन विश्वकर्मा पछिल्लो समय निकै चर्चामा आएका छन् । उनले गाएका गीतमा दर्शकको चाप निकै बढेको छ । विगत लामो समयदेखि गीत सङ्गीतमा रहर भएका तर अवसर नपाएका मीन विश्वकर्मा अहिले दिन प्रतिदिन गीत रेकर्ड र लाइभ दोहोरीमा निकै व्यस्त देखिन्छन् । गीत सङ्गीतमा सानैदेखि रुचि भएका काठमाडौंमा ज्यामी काम गदै गायन क्षेत्रमा अगाडी बढेका मीन बिश्वकर्मको जीवनको आफ्नै कथा आफ्नै व्यथा छ । सबैलाई समान व्यवहार गर्ने भाग्यलाई भन्दा कर्मप्रति विश्वास राख्ने काम गरे माम मिल्छ भन्ने सोच बोकेर गीत सङ्गीतमा मरिमेटी लागि परेका भाइरल मीन बिश्कर्मसँग गरेको कुराकानी हामिले यस अंकमा यसरी प्रस्तुत गरेका छौं ।
अचेल कतिको व्यस्थ हुनुहुन्छ ?
पछिल्लो समय लाइभ दोहोरी र गीत रेकर्डमा व्यस्त नै छु आज पनि भखरै एउटा गीत रेकर्ड गरेर हजुहरुको कार्यक्रमा आको छु । सबैको साथ सपोट मिलेको छ । एक पछि आर्काे गीत बजारमा आइरहेका छन् । दर्शकले यस्तै माया सधैभरि दिनु भयो भने मैले फेरी ज्यामी काम गर्नु पर्देन् थियो होला ।
गीत सङ्गीतको यात्रा तपाइले कसरी सुरु गर्नु भयो ?
सानैदेखि गीत सङ्गीतमा एकदमै रुचि थियो गाउँघरमा हुँदा म लोक भाका धेरै सुन्ने र गुनगुनाउने गर्थे । सानैदेखि गायनमा रुचि,गाउँको पढाइ सकेर गीत सङ्गीतको भविष्य खोज्दै काठमाडौँ आए अनि आफ्नो रोजीरोटी चलाउन ज्यामी काम गर्दे सङ्गीत सिके । एल्बम निकाल्न पैसा थिएन साथ सपोट गर्ने मान्छे पनि कोही थियन्न् । अब आफ्नो आवाज दर्शकमाझ पु¥याउनुपर्छ भनेर रियालिटी सो भ्वास अफ नेपालको स्टेज चढेर ब्याटल राउन्ड सम्मा पुगे त्यसपछि केही दर्शकले मीन विश्वकर्मा भनेर चिन्न थाले अनि मेरो गीत सङ्गीतको यात्रा सुरु भयो ।
कस्ता खालका गीत सुन्ने र गुनगुनाउने गर्नुहुन्छ ?
म प्राय सबै प्रकारका गीतहरू सुन्ने गर्छु तर मैले गाउने भनेको चाहिँ लोक र आधुनिक मात्र हो । खासमा मेरो विधा चाहिँ आधुनिक हो म पहिला धेरै आधुनिक गीत सुन्ने र गुनगुनाउने गर्थे तर पछि गएर लोक र आधुनिक दुवै मन पर्न थालो । अहिले मेरो आधुनिक गीत भन्दा लोक गीत बजारमा निर्कै छन् ।
गीत सङ्गीत भनेको के हो जस्तो लाग्छ तपाईको बिचारमा ?
गीत सङ्गीत भनेको महिले फेर्ने सार्स जस्तै हो मलाई गीत सुन्न र गाउन कुर्नै समयको आवश्यकता पर्देन् म दुखमा होस या सुखमा हरेक समय गीत सुन्ने र गुनगुनाउने गर्छु । गीत भनेको एउटा मनोरञ्जन हो गीतबाट हरेक सन्देश लिन सकिन्छ । गीत सङ्गीत मान्छेको जीवनमा आवश्यकता पनि छ । भन्दै मीन विश्वकर्मा जन आकाश मिडियासँग बताउँछन् ।
पुरा भिडियो हेर्न तल लिङ्क दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend