logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायिका अन्जु श्रेष्ठको नयाँ गीत सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।



गायिका अन्जुको  आफ्नै अफिसियल युट्युब च्यानलमार्फत  “खोला जस्तो जिन्दगी” बोलको गीत सार्वजनिक गरिएको हो।

शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ। आफ्नो बुबाको सम्झनामा गायिका अन्जुले गीत निकालेकी हुन्। गायिका बनेको हेर्ने सपना बोकेका बाबुको सपना पुरा नहुँदै निधन भएपछि उनको अधुरो सपना पुरा गर्न अन्जु गायनमा सक्रिय रहेकी छन्। भिडिओमा उनले आफ्ना बाबुको अधुरो सपना पुरा गरेकी छन्।

राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडिओमा अन्जुसँगै जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय रहेको छ। उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend