जन आकाश
काठमाडौं । ललितपुरको इकुडोलमा जन्मेका सिताराम घिमिरे पछिल्लो समय गीत संगीत र अभिनयमा निकै व्यस्त देखिन्छन् । उनले छोटो समयमै दुई दर्जनभन्दा बढी म्युजिक भिडियो ,एक दर्जन सिरियल र केही गीत समेत आफ्नो आवाजमा रेकर्ड गरिसकेका छन् । उनै लोकप्रिय गायक तथा कलाकारसँग जन आकाश मिडियाका संवदाता विनोद कार्कीसँग गरेको कुराकानीलाई हामीले यस अंकमा यसरी प्रस्तुत गरेका छौ ।
तपाईँको बाल्यकाल कसरी बित्यो ?
मेरो जन्म ललितपुरको इकुडोलमा भयो । मेरो बाल्यकाल सुख दाही अवस्थामा भन्दा नी दुख दाही अवस्थामा बित्यो । सानै उमेरमा काठमाडौं आएर व्यापार बिजनेसमा लागियो । अहिले आफ्नो लागि आफैले केही गरिराखेको छु कसैको भर पर्नु परेको छैन ।
तपाईँलाई कलाकार भनेर चिन्नेकी व्यसायी भनेर चिन्ने ?
खासमा म कलाकार बन्छु भनेर आएको होइन तर कलाकार बन्न चाही मन थियो मेरो धेरै मेहनत र संर्घष छ कलाकारितामा । झन्डै २ दर्जन गीत र एक दर्जनभन्दा बढी सिरियलमा समेत काम गरिसकेको छु । त्यसैले मलाई कलाकार भन्दा खासै फरक पर्देन् । कसैले मलाई कलाकार भनेर चिन्छन् कसैले व्यसायी भनेर चिन्छन् । जे भनेर चिने नी म सिताराम घिमिरे हो ।
तपाईँको गीत सङ्गीतको यात्रा कसरी सुरु भयो ?
म सानैदेखि गीत गुनगुनाउन रुचाउने मान्छे । म गीतहरू धेरै सुन्ने र गुनगुनाउने गर्थे सिरियलमा काम गर्ने क्रममा मेरो गणेश बाबु बिक सँग भेटभयो । उहाँले मेरो लागि एउटा गीत बनाइदिनु भयो मेरो पहिलो रेकर्ड समीक्षा अधिकारसँग “धजा बानेको” बोलको गीत रेकर्ड भएको थियो । त्यो गीतबाट मलाई गीत सङ्गीतमा लाग्न ऊर्जा थपियो एउटा गीत गरेपछि दुई ओटा गीत गर्न मन लाग्यो त्यसरी नै एउटा, दुईटा भन्दाभन्दै एक दर्जन गीत गाएको पत्तो नै भएनछ । यसरी नै मेरो रमाइलो तरिकाले गीत सङ्गीतको यात्रा सुरु भयो ।
भोलिको दिनमा दर्शकले कस्ता खालका गीत सुन्न सक्छन् ?
भोलिका दिनमा दर्शकले मेरा सबै प्रकारका गीत सुन्न सक्छन् । मैले सबै प्रकारका गीत गाउन नसके नि म सबै प्रकारका गीतमा मोडलिङ गर्ने प्रयास गर्छु । सबैले मैले गरेका कामलाई मन पराइदिनु हुन्छ भन्न आस राखेको छु ।
पुरा भिडियो हेर्न तला लिङ्क दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend