जन आकाश
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ ।
ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४९२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३९० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।
उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । तर केही घण्टा पछि नै बार्सिलोना पराजित हुँदा रियलको उपाधि पक्का भएको हो । ३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ ।
ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले मायोर्कालाई १९० ले पराजित गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend