logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल पत्रकार महासंघको खस्कदो प्रतिष्ठा


  • जन आकाश
  • सोमबार, बैशाख २४ २०८१

नेपालमा पत्रकार महासंघको स्थापनाकालमा जसरी त्यतिवेलाका पत्रकारहरुले आफ्नो पेशागत हितका लागि संस्थाको स्थपना नेपाल पत्रकार संघको नामवाट २०१२ साल चैत्र १६ गते स्थापना गरेका थिए । त्यसै नेपाल पत्रकार संघलाई २०५३ जेठ २९ गते नेपाल पत्रकार महासंघको रुपमा विकास गरेका थिए । आज नेपाल पत्रकार महासंघको ६९ बर्षको अन्तरालमा नेपाल पत्रकार महासंघको आफ्नै केन्द्रीय आधुनिक भवन तिलगंगामा रहेको छ । ७७ वटै जिल्लामा जिल्ला शाखाहरु रहेकाछन् । जिल्लामा नेपाल पत्रकार महासंघको जिल्ला शाखा भवनहरु समेत रहेकाछन् । कतिपय जिल्लाका जिल्ला शाखा भवनवाट मार्षिक लाखौ रुपैया भाडा समेत उठ्ने गरेको छ । नेपाल पत्रकार महासंघ मातहतमा रहने ४२ प्रतिष्ठान रहेकाछन् । ११ एशोसिएट्स, १० प्रदेश समिति रहेकाछन् । नेपालमा मात्र होइन नेपाल पत्रकार महासंघको संगठन विदेशमा समेत ९ वटा समितिहरुछन् ।



बाहिरवाट हेर्दा नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संस्था विशाल देखिन्छ । हुन पनि विगतका अग्रज पत्रकारहरुले यस्तै विशाल रुपमा पत्रकारहरु फैलिउन र जनताको सत्य, तथ्य, स्वतन्त्रता, म¥यादित जवाफदेहि पत्रकारिताको माध्यमवाट आम नागरिकले सु–सुचित हुन पाउन भन्ने उदेश्य राखेर नै पेशागत संस्था भएपनि सिगो राष्ट्रलाई सवल, आम नागरिकलाई न्याय र अन्याय छुट्याउन आम सञ्चारले भूमिका खेल्नुपर्छ भन्ने रहेको थियो । आज पनि बाहिरवाट हेर्दा आम नागरिकप्रति पत्रकार महासंघले यस्तै महत्वपूर्ण काम गरको होला भन्ने बुझाई छ । यो आम नागरिकहरुको नेपाली पत्रकारहरुप्रतिको विश्वास हो । त्यो विश्वासले नै नेपाल पत्रकार महासंघलाई आज पनि आम नागरिकले विश्वास गरेर पत्याई रहेकाछन् ।

तर भित्र छिरेर हे¥यौ भने नेपाल पत्रकार महासंघमा पत्रकार गरिहेका केही अपवादमा समितिहरुमा भेटिए पनि अधिकांस नेतृत्वमा पुगेकाहरु राजनीतिक पार्टीका लुगा लगाएका स्वतन्त्रताका चश्मा फुटेका चश्मा लगाएर दलगत स्वार्थमा लिप्त भएकाहरुले भरिएको छ । स्थापना कालमा कोठामा कार्यलय राखेर पत्रकारहरु भृकुटी मण्डप र रत्नपार्कचोकमा जम्मा भई गर्ने कार्यक्रम गर्ने त्यो कार्यक्रमले दिएको सन्देशलाई आम नागरिकमा सत्य, तथ्य उजागर गरी पु¥याएको योगदानले आज पनि सानका साथ पत्रकारको शिर उच्च बनाएको छ । पत्रकार भनेको प्रतिष्ठित पेशा हो भन्न सक्ने आधार तिनै अग्रजहरुले बनाईदिएका हुन् । तिनै अग्रजहरुले वाक स्वतन्त्रता, सत्य र न्यायको लागि पु¥याएको योगदानको विरासत पत्रकार संघ महासंघ आज विशाल आधुनिक भवन भित्र छ । तरस त्यो मुल्य मान्यता कुल्चदै राजनीतिक भर्तिकेन्द्र जस्तो, पार्टी सेन्डिकेटमा पत्रकार महासंघमा नेतृत्व गर्न पत्रकारको छदम भेषमा छिरेकाहरुले प्रतिष्ठा जोगाईराख्न हम्मे हम्मे परिरहेको छ ।

जतिवेला नेपाल पत्रकार महासंघको स्थापना भएको थियो । भौतिक पूर्वधारका सेवा सुविधा केही नभए पनि पेशाप्रतिको सुरक्षा पत्रकार महासंघले गर्छ भन्ने विश्वास त्यतिवेलाका पत्रकारहरुमा रहेको थियो । भौतिक पूर्वाधारको विकास मात्र पनि सवैथोक होइन रहेछ भन्ने नेपाल पत्रकार महासंघको पछिल्लो गतिविधिले देखाईरहेको छ । नेपाल पत्रकार महासंघको २७ औ अधिवेशन पनि यहि वैशाख २१ र २२ गते काटमाडौमा सम्पन्न भएको छ । त्यस कार्यक्रममा औपचारिक रुपमा नै देखिएका राजनीतिक पार्टीका भतृ संस्था प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सेन्टर समाजवादी, कतिपय जातजातीको संगठन, कुनै महिलाको संगठन, त्यसैगरी विषयगत भनेर खोलिएका संगठन त्यस कार्यक्रम हेर्दा लाग्थ्यो नेपालमा पक्कै पनि हाराहारी तिन कारोड जनता भएको देशमा ४ करोड जति मिडियाहरु होलान भन्ने अनुमान गर्न सकिन्छ ।

तर राम्रोसँग अध्ययन ग¥यौ र हे¥यौ भने पत्रकार जस्तो मात्र देखिने पत्रकारहरु ५०० जना पु¥याउन सकेका हुन्थ्यौ भने नेपाल देशमा हजारौ उद्योग खुलेका हुन्थे र करौडौ जनताले रोजगार पाएका हुने थिए ।

याहात नेपालका पत्रकारहरु नै वेरोजगार जस्ता देखिन्छन् । काम गर्छन दाम पाउदैनन् । वास्तविक सञ्चार संस्था सञ्चालन गरिरहेका लगानीकर्ताले पत्रिकामा आउने विज्ञापन, रेडियोमा आउने विज्ञापन, अनलाइनमा आउने विज्ञापन, टेलिभिजनमा आउने विज्ञापन पाउदैनन् ।

सञ्चार संस्था नामवाट खोलिएका तर गैर सञ्चार माध्यमको काम गरिरहेका नेपाललाई हानि नोक्सानी पु¥याउने सञ्चार संस्थाहरुको बाहुल्यता बनेको छ । त्यसैलाई अध्ययन गरी वास्तविक स्वतन्त्र सञ्चार संस्था ति संस्थामा काम गर्ने पत्रकाररुको हितमा नेपाल सरकारको मातहतमा हरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका निकायहरुले काम गर्नुपर्ने हो । त्यो पत्रकारहरुको हकहितमा छ छैन हेरेर पत्रकार महासंघले त्यसको तर्कसंगत आधारहरु सुझाव सहित सरकारलाई बुझाउने र त्यसै अनुरुपको काम हुनुपर्ने हो । तर भरपर्दा कामहरु आंशिक रुपमा कहिलेकाही भएपनि बृहत रुपमा विश्वमा आएको प्रविधि र नेपाली पत्रकारिताको अवस्थाको वारेमा काम हुन सकेका छैनन् ।

त्यसकारण विगतको भन्दा पत्रकार महासंघको प्रतिष्ठा खस्केको छ । यसलाई वेलैमा सुधार गरेर विगतका अग्रजहरुले गरेको अथक प्र¥यासलाई कायम राख्दै वास्तविक पत्रकारहरुको नेतृत्वको महासंघ बनाउन जरुरी छ । आउदै गरेको पत्रकार महासंघको निर्वाचनमा नेपाल पत्रकार महासंघ अवद्ध सदस्यहरु, नेपाल पत्रकार महासंघ सम्बन्ध राख्ने निकायहरु, नेपालका उद्योगी व्यवसायीहरुले समेत यतापर्टी ध्यान दिएर नेपालको पक्षमा हुने पत्रकारहरुले नेपाल पत्रकार महासंघको नेतृत्व गरुण भन्ने उदेश्य राखेर काम गरुण ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend