जन आकाश
काठमाडौं । काठमाडौंमा एक कार्यक्रमकाबीच शीर्षक भिडियो सार्वजनिक गर्दै उनले आफूले बनाउन लागेको फिल्मबारे जानकारी दिएका हुन्।
वसन्त प्रकाशले आफ्नै निर्माण एवं निर्देशनमा बनाउन लागेको पहिलो फिल्म हो। गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा उनको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का देखिनेछिन्। साथमा अभिनेता अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय रहनेछ।
प्रकाशकै कथा एवं संगीत रहने फिल्म सामाजिक कथामा निर्माण हुन लागेको हो। उनले फिल्म “वसन्त ” लाई वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एउटा तप्काको कथा भनेका छन्।
२०८१ सालको चैते दसैंमा फिल्मलाई प्रदर्शनमा ल्याइनेछ। सुनिल वि.क.को सह–निर्देशन रहने फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन कार्यकारी निर्मातामा छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend