logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

१६ बर्ष विदेश बसाई पछि कलाकारितामा आर.के


  • जन आकाश
  • सोमबार, बैशाख २४ २०८१

विनोद कार्की । 



काठमाडौं । २०३१ सालमा ओखलढुङगामा जन्मेका आरके अर्थात  (भक्त बहादुर शाही)  बुबा आमाको बसाई सराईसँगै सिन्धुली जिल्लामा आई हुर्केका हुन् । सानै उमेरमा सामाजिक क्षेत्रमा सेवा गर्ने मन भएपनि आर्थिक रुपमा सेवा गर्नलाई भनेको जति पैशा नहुदा अलि समस्या नै थियो उनि सुनाउछन् ।

त्यसैले उनले रोजगारीको लागि खाडी मुलुक साउदीलाई रोजगारीको गन्तव्य बनाए । त्यसपछि लगातार १६ बर्ष विदेशमा नै रोजगारी गरेर बसे विदेशमा दुखः कष्ट, पीडा सहेर कमाएको पैशालाई राम्रै ठाउमा लगाउ भन्ने सोचेर उनले सांगीतिक क्षेत्रलाई टेवा पुगोस भनेर दोहोरी साझ खोलेर काम गर्न थाले, सानै उमेरमा नेपालका चर्चित महानायक राजेश हमाल जस्ता प्रख्याति कमाएका नेपाली फिल्म क्षेत्रमा नेपाली मौलिक कथामा आधारित भएका फिल्महरु हेर्ने गरेको उनैले सुनाएका हुन् ।

उनले त्यो सानैमा कलाकार हुने सपना राखेपनि उनले त्यो समयको परिस्थितिले त्यतिवेला देखेको सपना पुरा हुन सकेको थिएन । तर आर्थिक रुपमा मानिस आत्मनिर्भर हुदै गएपछि आत्मविश्वास पनि बढ्दै जान्छ भने जस्तै (आर.के) को जिवनमा पनि त्यस्तै हुदै गयो आफैले “ जुरेली टुप्पै ” मा बोलको गीत लेखे अभिनय पनि आफैले गरे, त्यसिपछि “ तिमीले मलाई पराई सोचे नि ” जिन्दगी बगेको खोला हो जस्ता थुप्रै गीतमा पनि अभिनय गरेर मोडलको भुमिका निर्वाह गरेका छन् ।

यसरी गीत लेखन, अभिनय गरी कलाकारको परिचय बनाउन सफल (आर.के) ले हास्य कलाकारको रुपमा समेत हास्य कलाकार पात्रको रुपमा अवार्ड समेत जितेका कलाकार हुन् । उनको पछिल्लो “ म हो आर.के, साथी कलौटेगीत निकै चर्चामा रहेको छ ।

आउदा दिनमा यस्तै धेरै नेपाली मौलिकतामा आधारित र समसामयिक गीतहरु बजारमा ल्याउने जन आकाश मिडियाको कुराकानीमा बताएकाछन् । दोहोरी साझवाट व्यवसाय शुरु गरेका (आर.के) होटल व्यवसाय क्षेत्रमा समेत लगानी गरेर कुशल व्यवसायीको रुपमा परिचय बनाउन सफल भईसकेकाछन् ।

त्यतिले मात्रा (आर.के) को जिवनी पुरा हुदैन । उनले थुप्रै सामाजिक संघ-सस्थामा काम गर्ने गरेकाछन् । त्यसै मध्य सिन्धुली लोक दोहोरीको वरिष्ट सल्लाहकार पदीय हैशियतमा भुमिका निर्वाह गरेकाछन् ।

हाल कोटेश्वरमा बसोबास तथा व्यवसाय गर्दै आएका (आरके) ले सञ्चालन गर्दै आएको म हो साथी कलौटे सवैले चिन्ने गरेकाछन् ।  उनले जन आकाश मिडियाको jana Aakash Tv मा पनि अन्तर्वार्ता   दिदै आफ्नो वास्तविक जिवन विस्तृतमा उजागर गरेका छन् ।

भिडियो हेर्नको लागि  Jana Aakash Tv  युटुव च्यानल हेर्नुहोला ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend