logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक दुर्गा बिरहीको सांगीतिक यात्र


  • जन आकाश
  • सोमबार, बैशाख २४ २०८१

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका एक चम्किला तारा भनेर चिनिने गायक दुर्गा बिरही गीत सङ्गीत क्षेत्रका एक उदाहरणीय व्यक्ति हुन् । उनले गरेका हरेक सिर्जना चर्चामा आउने गर्दछन् । विगत लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा गीत गाउँदै आएका बिरहीका झन्डै ३ दर्जनभन्दा बढी गीतहरू बजारमा रहेका छन् । भने कति गीत चर्चाको शिखरमा पुग्न सफल भएका छन् उनै लोकप्रिय गायकसँग जन आकाश मिडियाका संवादाता बिनोद कार्कीले गरेको कुराकानीलाई यस अंकमा यसरी प्रस्तुत गरेका छौं ।



गीत कसरी सिर्जना गर्नुहुन्छ ?
गीत लेख्ने तरिका सबै सर्जकको आफ्नो,आफ्नोे तरिका हुन्छ । मचाही कतै यात्रा गर्दा कति कुराको अनुभब गर्छु । एकान्तमा बसेर कस्तो खालको गीत लेख्ने भनेर कल्पना गर्छु त्यसपछि गीत अनुसारको कल्पनामा डुब्न थाल्छु अनि गीतका शब्दहरु फुर्छन् । ति शब्दलाई कम्पोज गरेर गीत बनाउँछु ।

गीत चल्नको लागि के चाहिँन्छ ?
गीत चल्नलाई सबैभन्दा पहिला कम्पोजिसन राम्रो हुनुपर्छ । कम्पोजिसन राम्रो भयो भने मात्र यारेन्ज, लिरिसले गीतलाई राम्रो बनाउँछ । गीतको मेनपाट भनेकै कम्पोजिसन हो गीत राम्रो हुनुमा कम्पोजिसनको ठुलो हात हुन्छ ।

गीत संगीत क्षेत्रको भबिष्य कस्तो छ जस्तो लाग्छ ?
गीत संगीतको भबिष्य राम्रो र्नै छ । आजको भोलि नै त केही गर्न सकिदैन् मेनहत गरो भनी गीत संगीतको भबिष्य राम्रो नै छ । गीत संगीतमा साधान गरेका व्यति कोहिलेही पछि पर्दैन्न । नव गायक गायिकाहरु गीत संगीतमा भबिष्य खोज्र्दै आउँछन् ,मेनहत गदैन्न लामो समय टिक्न सक्दैन्न अनि गीत संगीतमा भबिष्य छैन् भन्छन् । मेनत गर्नेलाई गीत संगीतमा राम्रो छ । हुनत कोरोनापछि गीत संगीतको त्यति माहोल छैन् । कोरोना अघिको जस्तो कमाइ हाम्रो पनि छैन् । थोरै थोरै सबै ठाउँबाट कमाइ हुन्छ । म गीत लेख्ने, कम्पोज गर्ने  गाउने र गीतको भिडियो निर्देशन गर्ने गर्छु । सबैतिरबाट थोरै –थोरै आउँछ बाच्नलाई गारो छैन् ।

तपाइँको गीत संगीतको यात्रा कसरी सुरु भयो ?
मेरो गीत संगीतको यात्रा गाउँघरबाटै सुरु भयो गाउँघरमा उकाली ओराली, घाँस दाउरा, मेलापात गर्दा रेडियोमा बज्ने गीतहरु धेरै सुन्ने र गुनगुनाउने गर्थे । गायक बन्ने रहररै रहरमा काठमाडौंमा आयर गीत संगीतको यात्रालाई निरन्तर दिए । त्यसरी नै मेरो गीत संगीतको यात्रा सुरु भयो । भन्दै गायक तथा सर्जक दुर्गा बिरही जन आकाश मिडियासँग बताउँछन् ।

पुरा भिडियो तल लिङक दिएको छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend