logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

महादेववेसीमा स्वास्थ्य शिविर सम्पन्न, सयौं बिरामीको उपचार


  • जन आकाश
  • मंगलबार, बैशाख २५ २०८१

काठमाडौ । बाल विकास कार्यक्रम नेपाल  CDPN  को आयोजनामा सम्पन्न भएको शिविरमा थाक्रे गाउँपालिका,फ्रन्ट लाईन हस्पीटलको ,तिलगंगा अस्पताल सहयोग रहेको थियो। शिविरबाट ६६९ जना लाभान्वित भएको फ्रन्टलाईन हस्पिटल को अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र पब्लिव रिलेसन डिपार्टमेन्ट का प्रमुख रवि खड्का ले जानकारी दिनु भएको छ।



शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,९९ जनाको जनरल फिजिसेन् सेवा लिएका छन्, यसैगरी शिविरमा ५२ जनाको दन्त परिक्षण, नाक कान तथा घाँटी ७८ जना, बाल रोग ४६ जना र १०१,हड्डी तथा नसा, ११० महिला सम्बन्धी रोगको परीक्षण साथै आवसेक को भिडियो एक्सरे भएको फ्रन्टलाईन को नेपाली र खड्का को भनाई छ।

भने शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखिएको छ । आँखाको अप्रेशन गर्नुपर्नेको लागि निशुुल्क गरिने आयोजकले बताएको छ र साथ साथै फ्रन्टलाईन हस्पिटल मा पनि अति विशेष सहुलेथ मा उपचार को जानकारी कृष्ण नेपाली ले दिनु भयो । उपचारका लागि थाक्रे गाउँपालिका ,गल्छी गाउँपालिका वडा नम्बर ५र ७ मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७,८ का नागरिकहरुको उपस्तिथि रहेको अमउल प्रमुख राम कुमार आचार्य ले दिनु भयो शिविरमा थाक्रेका अध्यक्ष रामकुमार आचार्य , थाक्रे वडा नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा  cdpn  बाल बिकास कार्यक्रम नेपाल का अध्यक्ष बाल कृष्ण भट्टराई, फ्रन्ट लाईन का अस्पताल प्रशासन प्रमुख कृष्ण नेपाली र रबि खड्का रहेको थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend