जन आकाश
काठमाडाैं– लक्ष्मण सुवेदी द्धारा निर्देशित ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरक कम्पनीसँग कागजी सम्झौतापछि निर्देशक सुवेदीले आगामी साउन ४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म यो मितिमा अरुकुनै फिल्म प्रदर्शन घोषण नभएकाले यो फिल्मलाई एकल रिलिजको सम्भावना देखिन्छ ।
फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी रहेका छन् । बाबु र छोरीहरुबीचको सम्बन्धको आरोह–अवरोहलाई मियो बनाएर फिल्मले कथा भनेको छ ।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदी स्वयंको लेखन छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend