logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बाबुराम भट्टराई र रोजिना बस्‍नेतको आवाजमा “खान्छ मुटु कुटुक्कै” सार्वजनिक


  • जन आकाश
  • बुधबार, बैशाख २६ २०८१

काठमाडौं । गायक बाबुराम भट्टराई र रोजिना बस्‍नेतको आवजमा “खान्छ मुटु कुटुक्कै” बोलको गीत भिडियो सहित बाबू क्रियसन युटुब च्यानलबाट सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द सुदर्शन बुढाको रहेको छ भने बाबुराम भट्टराई र रोजिना बस्नेतले मिठासपुर्ण आवाज दिएका छन । राजु सुनामको म्युजिक यारेन्ज रहेको गीतमा अजय रेग्मिले छायांकन गरेका छन । मौसम हिमालीको कोरियोग्राफी ,निर्देशन रहेको गीतमा असिम लम्साल र सुहाना भट्टराईको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

दाङमा जन्मेका, नेपाली गीत संगीत भनेपछी हुरुकै हुने गायक बाबुराम भट्टराईले झन्डै आधा दर्जन गीत बजारमा सार्वजनिक गरिसकेका छ्न । भने केही नयाँ सिर्जना बजारमा ल्याउने तयारिमा छन् ।

सानैदेखी गीत सङ्गितमा धेरै रुचि भएका,तर कारण बस गीत सङ्गितमा निरन्तर दिन नसकेका गायक बाबुराम भट्टराई हाल अमेरिकन सेनामा समेत कार्यरत छ्न् ।

पुरा भिडियो लिङकमा दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend