जन आकाश
सुर्खेत । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार हुने भएको छ ।
त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । ‘अब दौडने छ कर्णाली’ भन्ने मूल नारासहित हुन लागेको प्रतियोगितामा देशभरबाट करिब ९०० खेलाडी सहभागी हुने बताइएको छ ।
हाफ म्याराथनमा सहभागी हुन राष्ट्रिय रूपमा स्थापित धावकहरूले समेत नाम दर्ता गराइरहेको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । उनका अनुसार नेपालगन्ज म्याराथनको यात्रा दशक पुगेको अवसरमा दौड संस्कृतिको विकास गर्न भन्दै यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरु गरिएको हो ।
कर्णाली हाफ म्याराथन क्रमिक रूपमा प्रत्येक वर्ष सञ्चालन गरिने र यसले समग्र प्रदेशको पर्यटन र खेल क्षेत्रको विकासलाई टेवा पुर्याउने कर्णाली हाफ म्याराथनका स्थानीय आयोजक देवकुमार सुवेदीले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend