जन आकाश
नेपालको सदन हल वेला वेलामा निक्कै हंगामा हने गर्दछ । त्यो कसका लागि केका लागि भन्ने जनताले भेउ समेत पाउदैनन् । तर संसदहरु चै भन्ने गरेका हुन्छन् । भ्रष्टचार भयो । समिति चाहियो, उपसमिति चाईयो । फाष्ट ट्रयाक बनाउन दिनु हुदैन । विमान खरिद गर्न दिनुहुदैन । यस्तै यस्तै केही विषयमा संसद हंगामा गरिरहेका हुन्छन् ।
सदनमा राजतन्त्र कालमा पनि केही यस्ता घटना हुने गर्दथे । गणतन्त्र स्थापना पछि पनि यस्तै चलनहरु सदनमा देख्न पाईराखिएको छ । अझै रमाईलो जस्तो गणतन्त्र स्थापना पछि एकजना संसदले कुर्सी भाचेर अर्को संसदलाई संसद हल भित्र नै हानेका समेत थिय । अर्को रोचक घटन राष्ट्रको नीति तथा कार्यक्रम सञ्चालन गर्न बोकिएको ब्रिफकेश नै खोसेर एकजना संसदले फुटाएका थिए । यस्ता घटनाहरुले संसदको अधिवेशन हंगामा हुने गर्ने गरेकाछन् । यस्तै घटनाहरु नेपालको सदनमा हुदै आएकाछन् ।
कहिले नेपालको एयर बस किन्ने विषयमा एयर बस किन्नै हुदैन भनेर संसद हंगामा गर्ने संसदहरु हुन वा प्रतिपक्षको सहमति बेगर राष्ट्रको नीति तथा कार्यक्रम बजेट ल्याउन पाईदैन भन्दै ब्रिफकेश फुटाउने संसदरु हुन् वा नेपालको फाष्ट ट्रयाक सेनालाई दिनै हुदैन भनेर विरोध गर्ने संसदहरु किन नहुन ति संसदहरुले संसदमा छानविन समिति, उपसमिति बनाउन माग गरेर सदनमा हुने हिउदे, बर्षे अधिवेशन अवरोध गरेर राष्ट्रको काम कारवाही नै प्रभावित बनाएका थिए ।
त्यसपछि समितिहरु बनेका थिए । उपसमितिहरु बनेका थिए । ति समितिहरुले गर्ने काम ढिलो हुदा नेपालले टुरिजम बर्ष घोषणा गरेको बर्षमा तोकेको लक्ष्य पछ्याउन र पर्यटकलाई नेपालको ध्वजावाहक बिमान चढाए नेपाल घुम्न ल्याउने लक्ष्यमा हिलो पोत्ने काम यहि नेपालको सदनभित्र भएकै थियो ।
अर्को तर्फ नेपालको खोकना–निजगढ फाष्ट ट्रयाक नेपाली सेनालाई एकाथरीले बनाउन दिनै हुन्न विदेशी कम्पनीलाई दिनुपर्छ भनेर हंगामा गर्थे भने अर्काथरी नेपालले नै बनाउनुपर्छ तर सेनालाई दिनुहुन्न भन्नेहरुले संदनमा हंगामा गरेर छिट्टै बनिसक्ने फाष्ट ट्रयाक बनाउन ढिलो गराउने नेपालका संसदहरुले संदनमा हंगामा गरेर विकासमा ढिलो गराएको घटना ताजै छ ।
यस्ता योजनाहरुलाई प्रभावित पार्ने र सदन हंगामा हुने काम कतिवेला हुन्छ भने नेपालका घरानिया भनिएका व्यापारीले गरेका गलत कामलाई जव सरकारको नियामक निकायले कारवाही गर्न शुरु मात्र के गरेको हुन्छ । सदनमा संसदहरु विषयवस्तुलाई अन्यत्र मोड्न देशको हित विपरित हंगामा शुरु गर्ने गरेको जस्तो देखिन्छ ।
संसदमा कहिल्यै एउटा नागरिक गरिवीका कारण पुलमुनि सुतिरहेको विदारक पीडा, शहरी बेरोजगारको बिषयमा, गाउँका खेतवारीहरु बाजो बनाउदै युवाहरु विदेश गईरहेको बिषयमा, १८ घण्टा काम गरेर पनि जिविकोपार्जन हुने नसकेको ईमानदारी नागरिकले आधापेट खाएर देशमा पसिना बगाई राखेको नेपाली सपुतहरुको विषयमा संसद हंगामा भएको कहिल्यै सुनिएन ।
तर सदनमा सरकारमा रहेको पार्टीका संसदले सरकार टिकाउनको लागि, प्रतिपक्षमा बस्नेले सरकार ढालेर आफ्नो सरकार बनाउनको लागि संसद हंगामा गरिराख्ने गरेकाछन् । हेर्दा विषयवस्तु ठिकै हो जस्तो लागेता पनि भित्री कोणवाट अरुनै कसैले अहराएको काम संसदहरुले गरेको जस्तो आशंका जनताले पछिल्लो समयमा गर्न थालेको छन् ।
त्यसकारण नेपालमा परिवर्तन भएको केही बर्षत समयमा बजेट पास नहुने बजेट आधा मात्र ल्याउनुपर्ने, नीति तथा कार्यक्रम नै पास गर्न नदिने जस्ता कार्यहरु हुदै आएकाछन् । जसको मार संसदहरुलाई त रमाइलो भएको होला तर देशले त्यसको ठूलो क्षति व्यहोदै आएकाछन् । त्यसकारण विपति, र गलत कार्य भएका बिषयमा हेर्ने निकायहरुछन् । ति निकायहरुले हेर्दै गर्छन् । तर देशको विकाससँग सम्बन्धित कुनै पनि काम अवरोध पुग्ने गरी संसदमा हंगामा हुनुहुदैन ।
साच्चै देशको समग्र हितमा हुने पत्यारिलो आधार छन् भने संसद हंगामा मात्र होइन । लोकतान्त्रिक अभ्यास अनुसार जनतालाई आवह्न गरेर शान्तिपूर्ण आन्दोन समेत गर्न सकिन्छ । त्यो नेपाली जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको हुनुपर्छ । यस्तो जनपक्षिय हंगामा होस् । तर पार्टी सरकारमा जान र जोगाउन हुने सदन हंगामा हुने चलन राम्रो मानिदैन । त्यसैले सदन खुलाएर बहस गर्नु लोकतान्त्रिक अभ्यासको पालना गर्नु संसदहरुको कर्तव्यव हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend