जन आकाश
नवलपरासी । हुुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.को मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित हुुण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सन्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित हुुण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ६५ भन्दा बढी सन्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा संचारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरु द्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो ।
त्यसैगरी उद्घाटन समारोहको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend