जन आकाश
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा शुक्रबार उपाधि होडबाट बाहिरिइसकेका दुई -टोलीबिच भिडन्त हुँदैछ ।
वानखेड स्टेडियममा राति ७ः ४५ बजे सुरु हुने उक्त खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । मुम्बई इन्डियन्स यसअघि नै प्रतियोगिताको लिग चरणबाटै घर फर्किने पक्का भइसकेको छ ।
लखनउको पनि अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । यी दुबै टोलीले आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । मुम्बई इन्डियन्सले यसअघि खेलिएको १३ मध्ये केवल चार खेलमा जित र नौ खेलमा हारको नतिजा निकालेको छ ।
मुम्बई आठ अंकसहित तालिकाको अन्तिम अर्थात, १० औँ स्थानमा छ । लखनउले भने यसअघि खेलिएको १३ मध्ये ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । लखनउ १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।
पञ्जाब किङ्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स पनि लिग चरणबाटै बाहिरिने पक्का भइसकेको छ । कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भने प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् ।
अब प्ले–अफ चरणमा पुग्ने एउटा टोलीको मात्र टुंगो लाग्न बाँकी छ । त्यो एक स्थानका लागि चेन्नई सुपर किङ्स र रोलय च्यालेन्जर्स बैंगलुरु दौडमा छन् । यी दुई टोलीमध्ये चेन्नईको प्ले–अफ चरणमा पुग्ने सम्भावना बढी देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend