जन आकाश
नेपालका नेपालीहरुले जहिले पनि घटना घटिसकेपछि मात्रै पछुताउने गर्ने गरेकाछन् । घटना घटिसकेपछि मात्र सावधानीका उपाय अपनाउने भन्दै ठुलठूला स्वारमा चिच्याउने गरेकाछन् । सम्बन्धित निकायहरुको पनि तदारुकता त्यतिवेला माात्र देखिने गरेको छ ।
विगतमा सिन्धुपाल्चोकको मेलम्ची खेलामा आएको असार १ गते र साउन १६ मा बाढी आएको थियो । त्यस बाढीवाट करोडौको धन जन क्षति भएको थियो । त्यसैगरी सिन्धुपाल्चोकको बाह्रविसेमा २०७७ सालमा आएको बाढीका कारण मानवीय क्षति हुनको साथै धनजनको क्षति भएको थियो । यसैगरी देशभरी बर्षाको समयमा हुने बाढी, पैरो, खहरे खोलाले बगाउने समस्या विगतका बर्षहरुमा हुदै आएकाछन् । विशेष गरेर नदी किनारमा बसोबास गर्नेहरुलाई बाढीले बगाउने र पाहाडी क्षेत्रका भीरका मुनि, वा भिरालो पाखामा गाउँ भएका ठाउँहरुमा पैरोले वगाउने जस्ता समस्या हुदै आएकाछन् ।
यस बर्ष पनि यस्ता बाढी, पैरो खहरे खोलाले मानिस बगाउने समस्या नहोला भन्न सकिन्न । जसरी नेपालका वन जङगलहरुमा अग्रीम तयारी नगर्दा नेपालका भएका वनहरु भित्र रहेका अमूल्य जडिबुटी २०८० चैत्र देखि २०८१ वैशाख जम्म जलेर नष्ट हुन पुगे । सम्बन्धित निकायले अलिकति मात्र पनि अग्रीम तयारी गरेर आगलागी हुन सक्ने सम्भावित क्षेत्रहरुमा अलर्ट पोजिशनहरु र अनुसन्धानमूलक कार्य गरेको भए नेपालका वन जङगलहरुमा हुने आगलागी रोक्न सकिने थियो ।
त्यस्तै बर्षाको समयमा हुने बाढी, पैरो, खहरे खोलाले बगाउने जस्ता समस्या आउदा दिनमा हुन नदिन समयमा नै सम्बन्धित निकायहरुले त्यस्ता घटना हुन नदिन अग्रीम तयारी गरेर मानवीय क्षति हुन नदिने र धनको रक्षा गर्न अपनाउनु पर्ने उपायहरु अहिले नै गरिसक्नुपर्छ । नेपालमा विशेष गरेर असार, साउन, भदौको १५ सम्म यस्ता बाढी, पैरो, खहरे खोला उर्लिएर आउने र मानिस बगाउने समय हुन् ।
यस समयमा सम्भावित बाढी, पैरो, खहरे खोला उर्लिने ठाउँहरुमा जनचेतना मुलक कार्यहरु, गरेर बस्तीहरुछन् भने सार्ने र सदाको लागि सुरक्षित स्थानमा व्यवस्थित वस्तीको अवधारणा लागु गर्ने, बाढी आउन सक्ने खोलाका किनारमा घर, टहरा, बस्तुभाउ नराख्ने, नबनाउने बनाएको भए अन्यन्त्र सार्ने लोभ गरेर नबस्ने, बाढी आउन सक्ने खोलाका किनारमा आसपासमा असार, साउन, भदौ महिनाहरुमा नजाने जानैपरे मौषमको प्रतिकुलता हेरेर मात्र त्यस्ता क्षेत्रमा यात्रा गर्ने गर्नुपर्छ भन्ने जस्ता सन्देश प्रवाह गर्नसक्नुपर्छ ।
देशभरीका बाढी, पैरो खहरे भेल आउने क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रका बासिन्दाहरुलाई व्यवस्थित वस्तीको अवधारणा बनाई सदाका लागि सुरक्षित स्थानमा व्यवस्थापन गर्न सक्नुपर्छ ।
यसो गर्न सकेको खण्डमा प्रत्येक बर्ष बाढीका कारण यति जनालाई खोलाले बगाएर मृत्यु, यतिजनाको पैहिरोमा पुरिएर मृत्यु, यतिजनालाई खहरे भेलले बगायो जस्ता समाचार पढेर मानिसहरुले दिक्क मान्नुपर्ने चलनको अन्त्य गर्न घटना हुन नै नदिनको लागि अग्रीम तयारीको उपाय अवलम्बन गरौ र बाढी, पैरोवाट कुनै पनि नागरिकको मृत्यु नहोस् । यसका लागि सवैले आ–आफ्नो क्षेत्रवाट लागौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend