logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो


  • जन आकाश
  • आइतबार, जेष्ठ ६ २०८१

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ ।



शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो । उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो ।

यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधान तर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ । अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशिलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरुमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रुपमा कार्य गरेको छ ।

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो । बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ ।

निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ ।

साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भन्नुभयो, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ ।

आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ ।

यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौ ।’ बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन् ।

यी गाडी इनर्जी एफिसियन्ट समेत छन् । इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ ।

सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रुपमा उभ्याएको छ ।

यस प्रकारका नवप्रवर्तन र ग्राहक केन्द्रीत अभियानमार्फत साइमेक्स इंक आगामी दिनमा समेत देशमा सकारात्मक परिवर्तन
ल्याउन र मोबिलिटीको भविष्य निर्माण गर्न सधै प्रतिबद्ध रहने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend