जन आकाश
काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती आज सोमबार विहान थाईल्याण्ड प्रस्थान गरेका छन् ।
यहि मे २३ देखि २६ सम्म थाइल्याण्डमा हुने पारालिम्पीकमा केशव थापा ह्वीलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धाका लागि थाइल्याण्ड गएका हुन् । उक्त खेलमा विश्व बरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने र नेपालमा पारा टेबल टेनिसका खेलाडी केशव थापा एकमात्र विश्व बरियतामा हुन् । यस्तै प्रशिक्षक बसन्त भारती पनि उनी सँगै थाइल्याण्ड गएका छन् ।
पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टमा विश्वका धेरै देशका खेलाडीहरुले सहभागिता जनाउने सो खेलमा ह्वीलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व वरिएतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
उक्त खेलमा विजेता हुने खेलाडी आगामी अगष्ट तथा सेप्टेम्बरमा फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने पारालिम्पीकमा सिधै छनोट हुने छन । खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा सहाभागी हुनको लागि ललितपुर बागडोलस्थित सुन्दर ढोका साथि सेवा अन्र्तगतको विकाश शिल्डले हवाई टिकट तथा खेलका लागि आवश्यक सामाग्री तथा मेडिकल इन्सुरेन्सको लागि प्रायोजन गरेको छ ।
साथै गोकर्णेश्वर नगरपालिकाबाट ५० हजार आर्थिक सहयोगको प्रतिबद्धता भएको छ । नेशनल पारालिम्पीक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटीले पनि खेलाडी तथा प्रशिक्षकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend