जन आकाश
काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म “शिरफूल” प्रदर्शनमा आउने भएको छ।
केही वर्षअघि निर्माण भएको फिल्म असार ७ गतेदेखि हलमा लाग्ने भएको हो। नारीले शिरमा लाउने, फूलको आकारको सुनको गहनालाई शिरफूलु भन्ने बुझिन्छ। नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए।
उनका अनुसार फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ।
फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेलले विशेष भूमिका निर्वाह गरेकी छन्।
देवराज आले मगरको कथा, राज थापा र राजु युगिनको पटकथा तथा संवाद रहेको फिल्ममा निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ। आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा फिल्म बनेको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend